रौतहटका बसन्त कुशवाहालाई युएईमा अवार्ड

विनोद पासवान, कार्तिक, १४ यु.ए.ई. । मध्यपूर्वका विभिन्न देशका अन्तर्राष्ट्रिय होटेलहरुको संगठन Hotelier Middle East ले विभिन्न विधामा उत्कृष्ट व्यक्ति छनौट गर्ने क्रममा The Middle East Hospitality Excellence Awards 2016 बाट Hotel Engineer of the Year को लागि केम्पिन्स्की होटेल, अजमान (यु.ए.ई.) का इन्जिनियरिङ्ग विभाग प्रमुख बसन्त कुमार कुसवाहालाई सम्मानित गरेको छ ।

अतिथी–सत्कार उद्योगको क्षेत्रमा ओस्कार अवार्ड मानिने यस पुरस्कारबाट सम्मानित हुने उनी मधेशी (नेपाली) हुन् । केम्पिन्स्की होटेलको उर्जा लागत कटौतीमा उल्लेखनीय योगदान पुर्याए बापत तथा उच्च ब्यवस्थापकिय कुशलता प्रदर्शन गरेका कारण १७ जना प्रतिस्पर्धीमध्ये उत्कृष्ट छानिएका हुन् ।

रौतहटको बंकुल घर भएका इन्जिनियर कुशवाहाले जुद्ध माध्यमिक विद्यालय गौरबाट एस.एल.सी. सम्मको तथा डिप्लोमा र ब्याचलर इन इलेक्ट्रिकल इन्जिनियरीङ्ग, पुल्चोक इन्जिनियर क्याम्पस ललितपुरबाट अध्ययन गरेका हुन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com