अवसरको सदुपयोग गरौं

सम्बन्धको साझेदारी गर्ने छिमेकी भारत हो

भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण त्यतिबेला भइरहेको छ जतिखेर नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधानको घोषणा गरेर नयाँ युगको प्रारम्भ गर्न खोजेको छ । विवादित भएपनि यो संविधान कार्यान्वयनको दोसाँधमा उभिएको छ । भारत नेपालसँग खुला सिमाना भएको आसन्न छिमेकी हो । सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिकलगायतका सबै सम्बन्धको साझेदारी गर्ने छिमेकी भारत हो । इतिहास साक्षी छ, भौगोलिक विकटतामा बसिरहेका नेपालीहरूलाई एकअर्कासँग जोड्न मुख्य सडक सञ्जाल निर्माणमा भारतको अग्रणी भूमिका रहिआएको छ । लोकतान्त्रिक आन्दोलनका अगुवाहरूको सम्बन्ध भारतीय लोकतान्त्रिक अगुवाहरूसँगको राम्रो सम्बन्ध यी दुई देशका विशिष्ट सम्बन्ध हुन् । मधेशको मात्रै होइन पहाडमा बस्ने आम नेपालीको सम्बन्ध भारतीयहरूसँग अभिन्नरूपले गाँसिएको छ ।

धार्मिकरूपले त झनै यो अटुट सम्बन्ध हो । जन्मदेखि मृत्युसम्मको संस्कारहरूका लागि आवश्यक पर्ने तीर्थस्थलहरू र नदीहरूको सम्बन्धले पनि दुई देशका जनतालाई एक अर्कासँग जोडिराखेको छ । त्यसैले यी दुई देशमा बन्ने कुनै पनि सरकारले यी दुई देशका जनतासँग जोडिएको सम्बन्धलाई अलग पार्न सक्दैनन । राजनीतिक र कुटनीतिक सम्बन्धका केही आयामहरूमा केही कमीकमजोरीका कारण यदाकदा देखिने तनाव समयको अन्तरालमा त्यसै मेटिने गरेको इतिहास साक्षी छ । १८ वर्षयता भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण हुँदैछ । यसो हुनुमा नेपालको आन्तरिक द्वन्द्व नै भारतीय राष्ट्रपतिको भ्रमणमा भएको ढिलाइलाई लिन सकिन्छ । आन्तरिक द्वन्द्वका बेला यो त्यो पक्षलाई सहयोग पुग्ने हो कि भनेर भारतको राष्ट्रपतिको भ्रमणमा देखिएको ढिलाई भएको द्वन्द्वको परिदृश्यमा लिन सकिन्छ ।

मुखर्जी भारतीय राजनीतिज्ञहरूमा नेपाललाई राम्ररी बुझेका व्यक्ति हुन् । उनको भ्रमणबाट नेपालले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन सकिने अवसर उपलब्ध भएको छ । यो अवसरलाई सदुपयोग गर्नबाट कुनै पनि प्रयासबाट नेपाली नेतृत्व चुक्नु हुँदैन । भारत उदीयमान शक्तिको लहरमा अग्रगतिमा बढिरहेकोले नेपालका लागि उसको सहयोग महत्वपूर्ण हुन्छ । त्यसैले नेतृत्वको ध्यान यसमा जानु आजको कार्यभार हो ।
प्रकाशित मिति : २०७३ साल कात्तिक १९ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com