शीतलहरको कहरबाट जोगाऊ

रकारले बेवास्ता गरेकै कारण तराई मधेशमा सयौं मधेशीले हत्या वरण गर्न बाध्य छन् ।

निःसन्देह प्राकृतिक प्रकोपको ठीकठीक आँकलन गर्न सकिदैन र पो यसलाई दैवी प्रकोप पनि भनिन्छ । मृत्युलाई रोक्न नसकिने भएकाले नै होला ‘होनहार दैव न टार’ भनाइ सबैको मुखमा सान्तवना दिन झुण्डिएको हुन्छ । तर मान्छेको जातले यस्ता मृत्युसँग पैठेजोरी खेल्दै अहिलेसम्मको विश्वको विस्तार गरेको छ । मानिसले सदैव मृत्युलाई जित्ने उपक्रममा लागेको पाइन्छ । त्यो किनभने अकाल मृत्युलाई जित्न हो । नत्र सडकमा ट्राफिक हुँदैनथे होला ।

घरपरिवारको ख्याल नगरी प्रहरीहरूले कालोरातमा पनि सुरक्षार्थ खटिँदैनथे होलान् । यो सब उपक्रम अकालमा कसैको मृत्यु नहोस् भनी सभ्य समाजले सुरक्षाको उपाय अपनाएको पाइन्छ । यस्तो भइरहँदा रहँदै वर्सेनी तराई–मधेशमा शीतलहरबाट मान्छेको अकाल मृत्यु भइरहेको छ । गरिबीले पिल्सिएको समुदाय जेनतेन साँझ बिहान मुखमा माड लगाउन मिहिनेत गरिरहेका हुन्छ । यस्तोमा उनीहरूले आगोका लागि काठ दाउराको व्यवस्था गर्न सक्ने कुरो हुँदैन । न्यानो लुगाफाटोको व्यवस्था गर्न सक्दैनन् । औषधोपचारको व्यवस्था गर्न सक्दैनन् । अनि उनीहरूको ज्यान अकालमा जान्छ । कोही आफ्ना लालाबालाको हेरचाह गरी सक्षम बनाउन नपाउँदै अकाल मृत्युवरण गर्न पुग्छन भने कोही आमाबाबुका लागि भविष्यको जीउने आधार नबन्दै शैशवकालमा अकाल मृत्यु प्राप्त गर्छन् । उनीहरूको जीउधनको सुरक्षाको जिम्मेवारी लिएको सरकार र तिनका निकायको बेवास्ताले हुने अकाल मृत्यु वास्तवमा मृत्यु हुँदैन त्यो हत्या हुन्छ ।

यसलाई सरकारले बेवास्ता गरेकै कारण तराई मधेशमा वर्सेनी मृत्यु हुने गरेको छ । शीतलहर अगाडि नै त्यसको प्रबन्ध अभावमा बाँचिरहेकाहरूका लागि मिलाइ दिने गरेको भए उनीहरूको अकालमा मृत्यु हुने थिएन । तराई मधेशमा शीतलहरबाट भएको मृत्युमा सरकारी निकायको बेवास्ता नै मुख्य कारण छ । यसलाई कहिलेसम्म अनदेखा गरिनेछ ? यो संविधान संशोधन वा निर्वाचन जस्ता राजनीतिक कार्यभार पूरा नभइ नहुने विषय पक्कै नहोला । सरकारले यस्तो बेवास्तालाई समाप्त पार्नुपर्ने देखिन्छ । सरकारले यसको स्वचालित निकायको गठन गरोस् । प्राकृतिक प्रकोप नामक निकाय जिल्लामा हुन्छ । त्यसले गाउँघरको वास्तविकता बुझेर यसको रोकथामको विधि अपनाओस् । 

प्रकाशित मिति : २०७३ साल पुस १ गते शुक्रबार । 

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com