विद्यार्थी नेताहरुलाई दिल्लीमा भव्य स्वागत

नयाँदिल्ली (भारत) । नेपाली विद्यार्थीहरुको टोलीलाई भारतको राजधानी नयाँदिल्लीमा भव्य स्वागत गरिएको छ । भारतको इन्दोरमा हुन गइरहेको अखिल भारतीय विद्यार्थी परिषदको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नयाँदिल्ली पुगेका नेपाली विद्यार्थी टोलीलाई स्वागत गरिएको हो ।

मधेशवादी विद्यार्थी मोर्चाको तर्फबाट तराई–मधेश विद्यार्थी फ्रन्टको अध्यक्ष मनिष मिश्र लगायत नेपालबाट गएको विद्यार्थी नेताहरूलाई दिल्ली विश्वविद्यालयमा भव्य स्वागत गरिएको बताइएको छ । दिल्ली यूनिभर्सिटी छात्र संघको आयोजनामा गरिएको सो कार्यक्रममा दिल्ली यूनिवर्सिटी छात्र संघका अध्यक्ष अमित तवर, पूर्वअध्यक्ष सत्येन्द्र अबाना तथा अभाविपको प्रसन्न बैध लगायत छात्र संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।



नेपालको तर्फबाट मिश्रसँगै अखिल क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्मा, प्राज्ञीक विद्यार्थी परिषदको संगठन मंत्री नारायण ढकाल, राप्रविसंघको उपाध्यक्ष श्याम कुमार लगायतका रहेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com