सहमतिको राजनीतिक भाषा बुझ

भाषाको परिभाषा एकले अर्कोलाई बुझाउने संकेतहरूको समुच्च्य हो भन्दा फरक नपर्ला जस्तो छ । आखिर अक्षरहरू संकेत न हुन । हरेक भाषामा संकेतहरूको प्रयोग हुन्छ । जसले संकेतहरूको उपयोग गर्न कौशल हासिल गरेको हुन्छ त्यो त्यो भाषा विशेषको सिकारू, पण्डित, महापण्डितजस्ता शब्दबाट विभूषित हुन्छन् । विश्वविद्यालयले स्नात्तक, स्नात्तकोत्तर, विद्यावारिधि वा बहुविद्यावारिधिको उपाधि दिने गरेको छ । तर यस्ता उपाधि प्राप्तकर्ताले यो जगतको सबै भाषाका ज्ञानी भइहाल्छन् भने होइन । त्यसैले राजनीति सबैको सरोकारको विषय भएपनि सबै राजनीतिक भाषाको पण्डित नहुन सक्छन् । त्यसैले राजनीतिक दलका शीर्ष नेताहरूका पछिल्ला अभिव्यक्तिहरूको बारेमा राजनीतिक भाषाका केही पण्डितहरूले सतहमा ठूलो विभेद देखिए पनि सत्तापक्ष र प्रतिपक्षी धेरै टाढा बसेको देखिँदैन । उनीहरूले आआफ्ना धर्म निर्वाह गरिरहेको मात्र हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट घोक्रेठ्याक लगाएर निकाले आफू थचक्क कुर्सीमा बसेपछि ओलीलाई चित नदुख्नु भनेको कुरै हुँदैन । किनभने राजनीतिक क्षेत्रका महापण्डित नभएपनि पण्डित भन्दा फरक नपर्ने फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिमा जोगी बन्न कोही आउँदैन भन्ने गर्छन् ।

पण्डित गच्छदारको यो बोली सत्य हो भन्ने ओलीको छाती भित्रको मुटु दुख्नु स्वाभाविकै हो । मुटु दुखे पनि यो मुलुकमा आफ्नै दलको एकमना सरकार ढलेर आफ्नै दलका नेताहरूको चित दुखाइ दिने प्रधानमन्त्री बन्ने बनाउने नेताको कमी नभएको विषय ‘ओपन सिक्रेट’ नै हो । त्यसमा अरू दलकाले पदबाट हटाइ दिँदैमा ओली पनि धेरै दिनसम्म दुखमनाउ गरी बस्ने अवस्था हुँदैन । तर यसका लागि सहानुभूतिका शब्दहरूको आवश्यकता हुन्छ ।

यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल गर्नुपर्ने हुन्छ । उनीहरूले यो संविधानको कार्यान्वयनको चुनौतीलाई ध्यानमा दिएर आन्दोलनरत पक्षको मागलाई समाधान गर्न एमालेको सहमति खोज्नै पर्नेछ । यसका लागि एमालेलाई सरकारमा ल्याउनुपर्ने प्रस्ताव राजनीतिक वृतमा आइसकेको छ । राजनीतिक भाषाका पण्डितहरूका अनुसार संविधान संशोधन प्रस्तावको परिमार्जन र राष्ट्रिय सरकारको पहलबीच सहमति लुकेको छ । यो प्रयासले राजनीतिक एकता बलियो र शान्ति दीर्घायु हुन्छ भने यसका लागि समय विस्तारको आवश्यकता पूरा गरेर भएपनि बाटोको खोजी गर्नुपर्छ । यसका लागि राजनीतिक भाषा बुझ्नु पर्ने हुन्छ ।
प्रकाशित मिति : २०७३ साल पुस १५ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com