राजनीतिक नेतृत्वहरूमा स्वच्छ चरित्रको अभाव छ : श्रीहरि अर्याल , अध्यक्ष, ट्रान्सपरेसी इन्टनेशनल नेपाल

राजनीतिक दलको भविष्य लामो छैन

० नेपाल दक्षिण एसियाको सबैभन्दा धेरै भ्रष्टाचार हुने देशहरू मध्ये तेस्रो नम्बरमा परेको छ । भ्रष्टाचारमा कमी हुन किन सकिरहेको छैन ?
— भ्रष्टाचारको मुख्य जड भनेको राजनीति हो । जबसम्म सुशासनका लागि राजनीतिक नेतृत्वहरू संकल्पित हुँदैनन्, त्यही अनुसार आचरण देखाउँदैनन् र देशलाई डोहो¥याउँदैनन् त्यतिबेलासम्म भ्रष्टाचार न्यूनीकरण हुन सक्दैन ।


० भ्रष्टाचार नियन्त्रणको लागि केके गर्नुपर्छं ?
— भ्रष्टाचार नियन्त्रण गर्ने हो भने पहिले राजनीतिमा सुधार ल्याउनुपर्छ । जबसम्म असल मानिसहरू राजनीतिमा आउँदैनन् राजनीतिमा अपराधिकरण गरिन्छ । राजनीतिक नेताहरू भ्रष्टाचारमा लिप्त हुन्छन् तबसम्म नेपालमा भ्रष्टचारमा कमी आउँदैन । ट्रान्सपरेसी इन्टनेशनल नेपालले २०१३ सालमा गरेको सर्वेक्षणमा नेपालमा सबैभन्दा बढी भ्रष्टचार हुने भनेको राजनीतिमा नै हो । यसपालिको ऋएक्ष् क्ष्लमभह को सर्वेक्षणमा हामी २९ अंकमा पुगेका छौं । हामीले ६ वटा विषयमा सर्वेक्षण गर्ने गरेका छौं त्यसमा राजनीतिक क्षेत्र सबैभन्दा बढी भ्रष्टाचार हुने क्षेत्रका रूपमा गनिन्छ ।
० नेपालमा कुनकुन क्षेत्रमा कस्ता किसिमका भ्रष्टाचार बढी मात्रामा हुने गरेको छ ?
— सबैभन्दा ठूलो भ्रष्टाचार भनेको नीतिगत भ्रष्टाचार हो । त्यसलाई निराकरण गर्न पनि गाह्रो हुन्छ । राजनीतिक नेतृत्वहरूमा स्वच्छ चरित्र नभएको कारणले नै नेपालमा भ्रष्टाचार नियन्त्रण गर्नु एउटा जटिल समस्या भएको छ ।


० नीतिगत भ्रष्टाचार भन्नाले कस्तो किसिमको भ्रष्टाचार हो अल्लि प्रष्ट पारिदिनु न ?
— कानुनलाई पन्छाएर वा कानुनलाई बेवास्ता गर्दै ठुलठूला रकम हिनामिना गर्नुलाई नीतिगत भ्रष्टाचार भनिन्छ । जस्तै : कुनै मन्त्रीलाई केही अधिकार दिइएको हुन्छ त्यो अधिकारको सीमा नाघेर उसले जुन काम गर्छ त्यो काम लगेर क्याबिनेटबाट पास गराएर लागू गराउँछ । क्याबिनेटबाट पास भएको निर्णयलाई नीतिगत निर्णय भनिन्छ । नीतिगत निर्णयमा भ्रष्टचारको मुद्दा चल्न सक्दैन भनेर सर्वोच्चले फैसला गरेको छ यस्ता निर्णयहरू नीतिगत भ्रष्टाचार भन्न सकिन्छ ।


० नेपालमा भएको नीतिगत भ्रष्टाचारको कुनै उदाहरण दिनु न ?
— कुनै पनि निकायबाट संविधान, ऐनमा भएको विषयलाई बेवास्ता गर्दै नीतिगत रूपमा कुनै कुरा लागु गरिन्छ भने त्यसलाई नीतिगत भ्रष्टाचार भन्न सकिन्छ । जुन कुरा कानुन बमोजिम भएको छ तर कानुनलाई पाखा लगाएर भ्रष्टाचार गरिएको छ त्यसमा मैले प्रष्ट रूपमा उदाहरण दिन सक्दिन । भन्न पनि नसकिने सहन पनि नसकिने अवस्था छ ।


० देशभरका उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्ति गरियो त्यसमा संविधानले व्यवस्था गरेजस्तो समावेशी, समानुपातिक भएन यसलाई नीतिगत भ्रष्टाचार भन्न मिल्छ कि मिल्दैन ?
— म ट्रान्सपरेसी इन्टनेशनल नेपालको अध्यक्षको नाताले अदालतमा भएको नियुक्तिको विषयमा आफ्नो सीमाभित्र बसेर बोल्न मिल्छ । न्यायाधीश नियुक्त हनुभन्दा अगाडि मैले पहिले पहिले भएको नियुक्तिमा राजनीतिकरण धेरै भयो भनेर धेरै हल्ला भयो अब यस्तो कुरा दोहोरिनु हुँदैन अब सबैलाई मिलाएर विवाद नहुने किसिमबाट न्यायाधीश नियुक्ति गर्नुपर्छ यदि राजनीतिक दबाबबाट न्यायाधिश नियुक्ती गर्नुपर्ने अवस्था आयो भने त्यसलाई स्वीकार गर्न सक्किदैन बरू न्यायाधीश योग्यता परीक्षा लिनुस् । लोकसेवा आयोग अरू सबै संवैधानिक अंगभन्दा बढी निष्पक्ष भनेर विश्वास गरिन्छ हामीले पनि त्यही पद्धति अपनाएर सबैलाई समेटेर परीषा लिने काम ग¥यौं भने त न्यायाधीशमा पनि क्षमता भएका मान्छेहरू त आउँछन् भनेर पत्र लेखेर पठाए । तर, त्यसको विपरीत समावेशी, समानुपातिक सिद्धान्तलाई बेवास्ता गर्दे न्यायधिश नियुक्त गरियो यसमा सारै दुःख लाग्यो । अदालत भनेको जनआस्थामा आधारित हुन्छ । यस्ता कारणहरूले अदालतको आस्थामा गिरावट आयो भने त त्यसले मुलुकमा अराजकता निम्त्याउँछ । यही कुरालाई विचार गरेर हामीले पत्र पनि पठाएका हौं तर न्यायलयले यस विषयमा ध्यान दिएन समावेशी, समानुपातिक सिद्धान्तलाई ख्याल नगरी न्यायधीश नियुक्ति गरियो अहिले विभिन्न कोणबाट यसको विरोध भइरहेको छ ।


० अन्य देशमा हुने भ्रष्टाचार र हाम्रो देशमा हुने गरेका भ्रटाचारमा केही फरक पाउनुभएको छ ?
— धेरै ठूलो अन्तर देखिन्छ । हामी दुई ठूला मुलुकहरूको बीचमा च्यापिएर बसेका छौं । त्यसले गर्दा हाम्रो शासन व्यवस्ता हाम्रै बलबाट हाम्रै प्रयासबाट अल्लि स्थिर बनाउनुपर्दथ्यो । भारत र चीन नेपालभन्दा कम भ्रष्टाचार हुने देशहरू हुन् । अफगानिस्थान, बंगलादेश सबैभन्दा बढी भ्रष्टाचार हुने देश हो भने नेपाल तेस्रो नम्बरमा रहेको छ । हाम्रो भौगोलिक, राजनीतिक जुन परिस्थिति छ त्यसलाई मध्यनजर गर्दै मुलुकप्रति संवेदनशील सबैलाई समेटेर कसरी अगाडि बढ्न सकिन्छ भन्नेतर्फ चिन्तन भएन हाम्रो देशमा । एउटाले अर्कोलाई राष्ट्रवादी अर्कोले अर्कालाई राष्ट्रवादी भन्दा भन्दै हामी सबै राष्ट्रघाती भईसकेका छौं ।


० ५ वर्ष अगाडि र अहिलेमा भ्रष्टाचारको स्तरमा केही परिवर्तन भएको छ ?
— ५ वर्षको औसत निकाल्छौं भने हामी फेल हुन्छौं । उस्तै अवस्था छ । ५० अंक भन्दा माथि पुगेपछि मात्र भ्रष्टाचारमा कमी आयो भन्न सकिन्छ ।


० नेपालमा राजनीतिक स्थिरता नहुनु पनि भ्रष्टाचारको कारण हुनसक्ला नि ?
— यो त प्रमुख कारण हो । हामीले समावेशी समानुपातिक सिद्धान्त मान्नुपर्छ । प्रत्येक नेपाली जनतालाई संसदमा सरकारमा मेरो प्रतिनिधित्व छ भन्ने आभाष हुनुपर्छ । भारतमा नोटबन्दी जस्ता दुरगार्मी महत्व राख्ने निर्णयहरू गरेर भ्रष्टाचार नियन्त्रण सम्बन्धी काम गर्न सकिन्छ हाम्रो देशमा अहिलेको निर्वाचन पद्धति अनुसार बन्ने कुनै पनि सरकारले यस्तो कदमहरू चाल्न सक्दैन किनकी हाम्रोमा अस्थिरता नै हाम्रो संविधानमा लेखिएको छ । मिश्रित निर्वाचन प्रणालीको व्यवस्था संविधानमा नै गरिएको छ । यो मुलुकले स्थिरता चाहेको छ तर अहिलेको संविधानले अस्थिरता चाहेको छ । जुन देशमा अस्थिरता हुन्छ अस्थिरतले अराजकता निम्त्याउँछ अराजकताले भ्रष्टाचार बढाउँछ । सबै नीतिको मुल नीति राजनीति हो । राजनीतिक ठिक भयो भने सिस्टम ठिक हुन्छ अनि बिस्तारै सुशासन आउँछ र भ्रष्टाचार न्यूनीकरण हुन्छ । राजनीतिमा सुधार नगरी भ्रष्टाचारमा सुधार ल्याउन सकिदैंन ।


० दिनानुदिन भ्रष्टाचार बढ्दै जाँदा समृद्ध मुलुक बनाउने अभियानमा कस्तो किसिमको असर पार्छ ?
— जबसम्म भ्रष्टाचार नियन्त्रण गर्न सकिदैंन तबसम्म मलुक समृद्ध बन्न सक्दैन । राजनीतिक दलका नेतृत्वहरूले भ्रष्टहरूलाई साथ दिन छोड्हुन्न भ्रष्टहरूलाईसँगै लिएर हिड्नुहुन्छ त्यतिबेलासम्म मुलुक समृद्धिको कल्पना पनि नगरे हुन्छ ।


० भ्रष्टाचार निवारण गर्नका लागि अबका दिनमा दलहरू कसरी अगाडि बढ्नुपर्र्ला ?
— राजनीतिलाई कसरी शुद्धीकरण गर्ने भनेर राजनीतिक दलहरूले नै सोच्नुपर्ने समय आइसकेको छ । यदि सोचिएन भने त्यस्ता राजनीतिक दलको भविष्य लामो छैन । हामीले खोजेका छौं राजनीतिक स्थायित्व हाम्रो देशमा ६ वटा संविधान बनिसक्यो अहिले बनेको नयाँ संविधान पनि मिश्रित निर्वाचन प्रणाली लगायतका व्यवस्थाका कारणले गर्दा धरापमा पर्ने हो कि भन्ने डर भइरहेको छ । यस विषयमा राजनीतिक दल, नागरिक समाज र सर्वसाधारण जनता सबैले समीक्षा गर्ने समय आएको छ ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७३ साल माघ १० गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com