“मधेशी पुत्र” प्रदर्शन हुँदै

सप्तरी, ६ फाल्गुण । मधेशको पहिलो राजनीतिक चलचित्र ‘मधेशी पुत्र’ शुक्रबार फागुन ६ गतेदेखि राजविराजको शिवशंकर सिनेमा हलबाट प्रदर्शन हुदैछ । सप्तरीया युवा निर्देशक निराजन मेहताको लेखन तथा निर्देशनमा निर्माण भएको जानकारी फिल्मका निर्माता सुनिल साहले दिएका छन ।

मैथिली भाषामा तयार भएको उक्त फिल्ममा मधेशमा भएको आन्दोलन, दमन र भ्रष्टाचारीलाई मुख्य विषयवस्तु बनाएको छ । निर्देशक मेहताले यस फिल्मभन्दा अगाडी : अंधोपन, हम दिवाना हई तोहार, डि एप्पल, मधुमल्ला र तिमि बिना मलाई जिउनु छैन जस्ता सफल चलचित्रहरूको निर्देशन गरिसकेका छन् । नेपाली, मैथिली, भोजपुरी र हिन्दी फिल्म सम्मको अनुभव बटुलेका मेहता यस फिल्मबाट निकै आशावादी रहेको जानकारी गराएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com