सरकारको जिम्मेवारी र बुद्धिजीबीको खबरदारी होस्

सामुदायिक दूरी र दमन बढ्दै गएको नेपाली समाजमा अब सहयात्राको सम्भावनामाथि छलफल हुन छाडिएको छ । रंगभेदी बुद्धिजीबी र पक्षीय प्राज्ञिक छलफलकर्ताहरू आ–आफ्नो मुद्दा र मुद्रामा केन्द्रित छन् । नेपाली जनताले खोजेको वा पाएको विषयमा सम्वाद गर्नुको साटो दाता वा नश्लीय आका (जातिधीश)हरूको आदेशलाई शिरोधार्य गरी जनता–जनताबीच रक्त राजनीति प्रारम्भ गराउने कुरामा उद्धत छन् हाम्रा नेतृत्व वर्ग ।
एउटा पक्षले कुनै पनि हालतमा संविधान संशोधन बिना चुनाव हुन दिन्नौं भन्छ, अर्को पक्षले कुनै पनि हालतमा संशोधन हुन दिन्नौं भन्दैछ । मधेशी मोर्चा स्वेच्छाचारी वा चुनाव विरोधी पटक्कै होइन । स–सम्मान चुनावमा भाग लिन मात्र खोजेका हुन् । आफ्ना मधेशी जनतासँग गरेका वाचा र भविष्यप्रति सचेत रहेका कारण संशोधन खोज्या हुन् । संशोधन बिना निर्वाचनमा गइयो भने मुलुक चीर कालसम्म साम्प्रदायिक हिंसाको चपेटामा पर्न सक्ने पूर्वाभासका कारण मोर्चाले संशोधन खोज्या छ । देश र एकता केन्द्रित यो मागको गहिराई द्वन्द्वप्रेमीहरूले नबुझ्नु स्वाभाविकै हो ।


संशोधनको मागहरूलाई बुँगत छलफल गरी आवश्यक परिमार्जनका साथ ससम्मान संविधान संशोधन गरी तीनै तहको निर्वाचनमा जानुको विकल्प छैन । संविधान गतिशील दस्तावेज हुने भएकोले पनि संशोधन जस्ता विषयमा अड्केर देश, गणतन्त्र र जनतालाई बन्धक बनाउनु उचित होइन । त्यसका निमित्त सरकार थप जिम्मेवार हुनुपर्ने र बुद्धिजीबीहरू आआफ्नो नश्लीयता÷जातीयता छाडेर संविधान संशोधन गराउने जोड बल गर्न जरूरी छ । मधेशी मोर्चालाई कमजोर बनाइयो भने त्यसपछिको मधेशी नेतृत्वको भार नेपाललाई थेग्न थप कठिन हुनसक्छ । प्रकाशित मिति :  २०७३ साल फागुन १३ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com