नेपाल र भारतबीच घनिष्ट सम्बन्ध छ : कृष्णकुमार गुप्ता, नेता, नयाँ शक्ति पार्टी नेपाल

० भारत आर्थिक रूपमा अगाडि बढ्दै गएको छ । भारतले समृद्धिलाई प्राथमिकतामा राखेका छ । तर, नेपालमा समृद्धिको कुरा किन प्राथमिकतामा नपरेको होला ?
— नेपालका पूराना शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सँग समृद्धिको एजेण्डा नै छैन । उनीहरूको प्रमुख एजेण्डा भनेको सत्ता हो । कसरी सरकारमा पुग्ने नै उनीहरूको एजेण्डा छ । तर, हाम्रो पार्टीको मुख्य एजेण्डा नै आर्थिक समृद्धि हो । अरू दलले आर्थिक समृद्धिको विषयमा अहिलेसम्म केही गरेका छैनन् । उनीहरू बोलीमा मात्र मिठा मिठा कुरा गर्छन् ।


० छिमेकी मुलुक भारतको प्रभाव नेपालको हरेक क्षेत्रमा पर्ने गरेको छ । नेपालले भारतबाटै हरेक क्षेत्रमा ज्ञान हासिल गरिरहेको हुन्छ । र, अगाडि बढिरहेको छ । तर, समृद्धिको कुरा किन हामीले भारतबाट सिक्न सकेका छैनौं ?
— भारत विश्वमा नै दु्रत गतिमा अगाडि बढिरहेको मुलुक हो । नेपाल दुई प्रगतिशील र भीमकाय देशको बीचको पुल हो । हाम्रा छिमेकी मुलुकहरू भारत र चीन धेरै नै अगाडि बढिरहेको छ । त्यसको फाइदा हामीले पनि लिनुपर्ने हो । त्यो फाइदा लिएर अगाडि बढ्नुपर्छ । हामीले नेपालको हितमा फाइदा लिइर अगाडि बढ्नुपर्ने हो । यसरी नेपाललाई अगाडि बढाउनेतर्फ लाग्नुपर्छ ।


० भारतबाट नेपालले आवश्यक सहयोग लिन सकेको छ ?
— हो, हामीले भारतसँग लिनुपर्ने सहयोग लिन सकिरहेका छैनौं । एउटा हुलाकी सडक त हामीले अहिलेसम्म बनाउन सकेका छैनौं । राज्य चलाउनेहरूसँग भिजन नभएर मुलुक अहिलेसम्म प्रगति गर्न सकेको छैन । यहाँसम्मकी छिमेकी भारतसँग आवश्यक सहयोग पनि लिन सकेको छैन ।


० नेपाल र भारतको सम्बन्ध कस्तो पाउनुभएको छ ?
— नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध छ । तर, केही नेताहरूको भारतलाई हेर्ने गलत दृष्टिकोणका कारण समस्या हुने गरेको छ । जेमा पनि भारतप्रति शंका गर्ने प्रवृत्ति नेपालमा देखिन्छ । यस्तो प्रवृत्तिका कारण बेलाबेला दुई देशबीचको सम्बन्धमा चिसोपना आउने गरेको छ ।


० नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउन के गर्नुपर्ला ?
— भारतलाई आलोचना गर्दै दिन कटाउने राजनीतिक दलका नेताहरूले पहिला आफ्नो दृष्टिकोणमा परिर्वतन ल्याउनुपर्छ । यसका साथै शासन गर्ने दलले नेपालका आर्थिक हितलाई ध्यानमा राखी भारतलाई साथमा लिई अगाडि बढ्नुपर्छ ।

 । प्रकाशित मिति :  २०७३ साल फागुन १३ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com