होलीमय न्यूयोर्क : मधेशीहरु अमेरिकामा धुमधामका साथ होली मनाउने

न्यूयोर्क (अमेरिका) । जहाँ रहे पनि आफ्नो मातृभूमि र धर्म–संस्कृति बिर्सनु हुँदैन, त्यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने भनाईलाई आत्मसात गर्दै अमेरिकामा रहेका मधेशीहरु धुमधामका साथ होली बनाउने भएका छन् ।

अमेरिकास्थित मधेशीहरुको सङ्गठन एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका (एन्टा), न्यूयोर्क च्यापटरको आयोजनामा भव्य रुपले होलीको आयोजना गर्न लागिएको जानकारी च्याप्टरका सभापति सुभाषकुमार बैठाले दिएका छन् ।

‘काम र रोजगारीको सिलासिलामा संसारको जुनसुकै कुनामा पुगे पनि मानिसले आफ्नो मातृभूमि र धर्म–संस्कृति बिर्सनु हुँदैन, त्यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यसहित विगत झै यस वर्ष पनि होली कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए । उनका अनुसार, १० मार्चका दिन न्यूयोर्क शहरको क्विन्समा भव्यरुपमा होली कार्यक्रमको आयोजना गरिने छ ।

विगतझैं यस वर्ष पनि रङ र अबीरको यो पर्व यहाँका मधेशी समुदायले धूमधामका साथ मनाउनका लागि भव्य तयारी गरेको छ । जसका लागि अरविन्द सिंह को नेतृत्वमा राम बिनोद पण्डित , कुन्दन साह , मात्रिका गुप्ता , मनिस सिंह , अर्पिता झा निलु झा , रन्धिर शर्मा लगाएयतका लाई विभिन्न जÞिम्मेवारी दिइ कामकाज बाँडफाँड गरेका छन् ।



उनका अनुसार, कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत, राजदूताबासका उच्च पदस्थ अधिकारीहरु, अमेरिकास्थित नेपाली समुदायद्धारा गठित विभिन्न सङ्घ सङ्गठनका पदाधिकारीहरु, समाजसेवी, स्थानीय अमेरिकी बुद्धिजीवी एवम् विभिन्न दलका नेता तथा न्यूयोर्कलगायत अन्य राज्यमा बसोबास गर्ने मधेशी समुदायको गारिमामय सहभागिता रहने छन् । जसमा मनोरंजन तथा सांस्कृतिक कार्यक्रम का लागी नेपाल ख्याति प्राप्त कलाकारहरु प्रकाश श्रेष्ठ, विमल डाँगी, सुमन बुढ़ा मगर, बसन्ती राईहरु को प्रस्तुती हुनेछन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com