जातीय हिंसा बन्द गर

विशेष सम्पादकीय

सोमबार सप्तरीमा शान्तिपूर्ण प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र सुरक्षाकर्मीले संयम्ता नअपनाउँदा अप्रिय घटना हुन पुग्यो । आन्दोलनमा बल कुन हदसम्म प्रयोग गर्नुपर्ने हो भन्ने कुराको राम्ररी ज्ञान हुँदाहुँदा सुरक्षाकर्मीले प्रदर्शन गरेको व्यवहार अलोकतान्त्रिक रहेको छ । सप्तरी घटनाको सर्वत्र निन्दा भएको छ । सुरक्षाकर्मीले आन्दोलनमा प्रदर्शनकारीहरूमाथि सकभर गोली नचलाउने, यदि चलाउनै परे घुँडामुनि चलाउने भन्ने विश्वव्यापी मान्यता छ । तर, सप्तरी घटनामा सुरक्षाकर्मीले जुन प्रकारको कारबाही ग¥यो त्यो कुनै पनि हालतमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय मापदण्डभित्र पर्दैन । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघले पनि प्रेस विज्ञप्ति जारी गरी सुरक्षाकर्मीलाई बल प्रयोगको राष्ट्रिय÷अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्न आह्वानसमेत गरेको छ । राजनीति र अवरोध फरक–फरक विषय हो । अपराधको राजनीतिकरण् र राजनीतिको अपराधीकरण नहोस् । सप्तरी घटनाका प्रहरी, सिडियो, प्रहरी प्रमुख र सशस्त्र प्रमुखको सरूवा होइन, अपराध पत्ता लगाई कानूनबमोजिम कारबाही हुनुपर्छ । सरूवा समाधान होइन । मधेशमा मानव अधिकारको चरम उल्लंघन हुँदा पहाडे मानव अधिकारकर्मीहरू मौन बसिरहेका छन् । एउटा सामान्य विज्ञप्ति जारी गरी आफ्नो दायित्व पूरा गरेको मात्र हुन् । जसरी सप्तरीमा नरसंहार गरियो यसबारे खासै चाँसो विषय बन्न सकेको छैन । आन्दोलनको अगुवाई गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको धारसमेत प्रष्ट देखिँदैन । मोर्चा पक्ष हो कि आन्दोलक भन्ने प्रष्टिएको छैन । सरकारलाई समर्थन गरेर पनि आफू मागहरू अहिलेसम्म सम्बोधन हुन नसक्नु र पुनः सत्तापक्षकै भूमिका निर्वाह गर्ने व्यवहारले मोर्चामाथि मधेशमा अविश्वास बढदै गरएको छ । आन्दोलनको घोषणा गर्ने तर, शीर्ष नेताहरू काठमाडौं नछाड्ने, संसदमा भत्ता पनि खाने तर त्यहीं संविधानलाई मान्दैनौं भन्ने जस्ता द्वैध चरित्रका कारण मधेशी युवा नेतृत्ववर्ग आक्रोशित छन् । सत्ता समर्पण र आन्दोलन सँगसँगै हुँदैन । दमन होइन समाधान देउ । मधेशमा जातीय हिंसा बन्द गर ।
सम्पादकीय
समुदायको आधारमा कानूनको प्रयोग गर्दा राष्ट्रिय एकता कमजोर हुन्छ । सप्तरी घटनामा राज्यका अंगहरू, प्रतिनिधिहरू, नागरिक अगुवाहरू र सरोकारवालाहरूको भूमिका चिन्ताजनक ।
मधेशी मोर्चाको धार, धारणा र धरातलमा तालमेल नमिलेको कारण पीडित र शहीदको सूचिमा बढोत्तरी भएकोले मधेशी मोर्चालाई मधेश पक्षीय राजनीति गर्न आग्रह ।

प्रकाशित मिति : २०७३ साल फागुन २७ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com