सप्तरी घटनाको मुख्य दोषी एमाले हो : महेन्द्र राय यादव, अध्यक्ष, तराई मधेश सद्भावना पार्टी

सरकारले कायरता प्रदर्शन गरेको छ 

० सप्तरीको मलेठमा भएको घटनालाई कुन रूपमा लिनुभएको छ ?
— यो सुनियोजित घटना हो । मधेशीलाई अपमान गर्ने, मधेशीलाई उत्तेजित पार्ने, मधेशीमाथि विभिन्न प्रकारको आरोप प्रत्यारोप लगाउने, मधेशीलाई नेपालको नागरिक नस्वीकार गर्नेहरू मलेठमा कार्यक्रमको आयोजना गरेका थिए । मधेशमा आन्दोलनअन्तर्गत भण्डाफोर कार्यक्रम भरहेका बेला एमाले त्यहाँ जबरजस्ती सभा राख्ने काम ग¥यो । यसरी जबरजस्ती सभा गरिएपछि जनता आक्रोशित भए । मधेशी जनताले मधेशी विरोधीलाई विरोध गरिरहेको अवस्थामा सरकारले गोली चलाउने काम ग¥यो । सरकारले नरसंहार ग¥यो । टाउको, छाती र पेटमा गोली हान्ने काम गरियो । सरकारले मलेठमा अत्यधिक बल प्रयोग गरेको थियो । मधेशीमाथि दमन गर्ने नीति सरकारले विगतदेखि नै अपनाइरहेको थियो । त्यसकारण हामी अन्तर्राष्ट्रिय जगतलाई गुहार गर्दैछौं । त्यसकारण अविलम्व यो घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ । एमालेले मधेशको परिस्थितिलाई बुझेर मात्र कार्यक्रमको आयोजना गर्नु पर्दथ्यो । यो घटनाको मुख्य जिम्मेवारी एमालेले लिनुपर्छ । एमालेले अब जनतालाई होच्याउने काम बन्द गर्नुपर्छ ।


० दुवै पक्ष आ–आफ्नो अडानमा रहेकाले झडप हुन सक्ने आशंका पहिल्यै हुँदाहुँदै किन रोक्न सक्नु भएन ?
— कसैको कार्यक्रम वा सभा हुन नदिने मधेशी मोर्चाको नीति छैन । एमालेको कार्यक्रम बिथोल्ने मधेशी मोर्चाको नीति होइन । मधेशी जनतालाई अपमान गर्ने विरूद्ध मधेशी जनता आफैं प्रतिकारमा उत्रेका हुन् । एमालेका नेताहरूको अभिव्यक्तिका कारण जनता सडकमा आएका हुन् । एमाले त्यहाँ कार्यक्रम नगर्दा पनि हुन्थ्यो । बारम्बार आग्रह गर्दासमेत कार्यक्रम गर्ने एमाले मुख्य दोषी र त्यसपछिको दोषी सरकार हो । परिस्थिति अनुकुल सबैले कार्यक्रम गर्न पाउनुपर्छ । तर, परिस्थिति प्रतिकुल हुँदा पनि कार्यक्रम गर्ने एमालेको हठका कारण यो घटना भएको हो । एमालेको विरोध जनताले शान्तिपूर्वक रूपमा गर्दै आएका छन् ।


० यस्ता घटना मधेशमा पटक–पटक भइरहेको छ । घटनामा दोषीलाई कारबाहीका लागि छानबिन आयोग गठन गरिन्छ । तर, दोषीले सजाय पाएको देखिएको छैन । के भन्नुहुन्छ ?
— हामीले तीनबुँदे सम्झौता कार्यान्वयनका लागि सरकारलाई ज्ञापनपत्र बुझाएका हौं । आठ महिना भइसक्दासमेत सरकारले तीनबुँदे सम्झौताको पालना गरेको छैन । विगतका आन्दोलनमा शहादत दिएकालाई शहीद घोषणाको काम अझै बाँकी नै छ । औषधीउपचार खर्चसमेत दिइएको छैन । जाँचबुझ आयोगले पनि केही दिनअघि मात्र काम सुरू गरेको छ । हामीले सरकारलाई समर्थन दिएका छौं । तर, यही सरकारले मधेशीमाथि गोली चलाएको छ । त्यसकारण हामीले सात दिनको अल्टिमेटम दिएका छौं । स्थानीय चुनावको घोषणा फिर्ता, संविधान संशोधनलगायत माग राखेका छौं । बिना स्थानीय तहको छिनोफानो चुनाव सम्भव छैन ।


० कुनै पनि दलले आफ्नो कार्यक्रम कुनै पनि ठाउँमा गर्न पाउनुपर्छ । तर, एमालेको कार्यक्रम हुनै नदिने अडान लिनु कत्तिको उचित ?
— ठूला दलहरूले मधेशी जनतालाई अधिकार दिन चाहेका छैनन् । चुनावमा मधेशबाट अत्यधिक मत पाउने भनेर घमण्ड देखाउनेहरूले आन्दोलनमा मधेशी जनता उत्रेको किन देख्दैनन् । ठूला दलहरूले मधेशीसँग भएका सम्झौतालाई धोका दिने काम गरेको छ । ठूला दलका अनुसार मधेशका जनता त कांग्रेस, एमाले र माओवादीका हुन् । किन भने उनीहरूले मधेशबाट बढी सिट पाएका थिए । अहिले तिनै दलका मतदाताहरूले विरोध जनाएका हुन् । यस्तो अवस्थामा एमाले मधेशमा जानुहुँदैन । यो घटना हुनुमा प्रधानमन्त्री र गृहमन्त्री एकअर्कामाथि आरोप लगाइरहेका छन् । हामीले समर्थन फिर्ता लिने अवस्थामा पुगेका हौं ।


० सप्तरी घटनालगतै तत्काल समर्थन फिर्ता लिने मोर्चाका नेताहरूले बताएका थिए । तर, तत्काल समर्थन फिर्ता नलिएर सात दिने अल्टिमेटम किन ?
— सरकारलाई दिएको समर्थन फिर्ता लिन हामीले गठबन्धनको बैठक बस्नु आवश्यक थियो । तयसैले हामीले मोर्चाको बैठकबाट यो निर्णय गरेनौं । किन भने हामी गठबन्धनमा पनि छौं । र, गठबन्धनको बैठकमा सात दिनभित्र सरकारले हाम्रा माग सम्बोधन नगरे समर्थन फिर्ता लिने निर्णय भयो ।


० तर, त्यसदिन मोर्चाका नेताहरू भोलि नै समर्थन फिर्ता लिने जनाएका थिए नि ?
— त्यस्तो कुरा होइन । गठबन्धनसँग छलफल आवश्यक थियो । गठबन्धनमा पनि दलहरू छन् । यस्ता कुरा बाहिर आएका छन् । तर, मोर्चा र गठबन्धनको बैठकबाट निर्णय गराउनु आवश्यक थियो । त्यसैअनुसार हामी अगाडि बढेका हौं ।


० समर्थन फिर्ताका लागि सात दिनको अल्टिमेटम किन ?
— हामीले सरकारका समर्थन दिएका थियो । हामीले सम्झौता गरेर सरकारलाई समर्थन दिएका थियौं । तर, सरकारले आफ्नो जिम्मेवारी निर्वाह गरेन । हामी सरकारमा रहँदा रहँदै गोली चलाउने काम भएको छ । अहिलेसम्म सरकारले हाम्रो माग पूरा गर्नेतर्फ सम्वेदनशील छैन । सम्वेदनशील बनोस् भनेर हामीले सात दिनको समय दिएका छौं ।


० समर्थन तत्काल फिर्ता नलिएर मोर्चाले गल्ती ग¥यो भनेर सामाजिक सञ्जालमा व्यापक विराध भइरहेको छ नि ?
— सल्लाह र सुझाव दिने अधिकार सबैको हुन्छ । त्यसमा मलाई केही भन्नु छैन । यो आन्तरिक उपनिवेषिक लडाईं हो । लामो समयसम्म चल्छ ।


० सात दिनपछि समर्थन फिर्ता लिनुहुन्छ ?
— हो । हाम्रो माग सम्बोधन भएन भने स्वतः समर्थन फिर्ता हुन्छ ।


० सांसद् पदबाट राजीनामा दिनपर्ने माग पनि व्यापक उठ्न थालेको छ नि ?
— मधेशबाट अत्यधिक सिट जित्ने कांग्रेस, एमालेका सांसद्को राजीनामा आएको छैन । यिनीहरूको राजीनामा कसैले माग गर्दैनन् । गोली चलाउन आदेश दिने गृहमन्त्रीको राजीनामा कसैले माग्दैनन् । हामी त सदन र सडकबाट लडिरहेका छौं । राजीनामा दिन भनेर जनताले हामीले भनिरहेका छन् । जनताको भावनाको हामी कदर गर्छौं । राजीनामा कुनै ठूलो कुरा होइन । मधेशबाट अन्यधिक मत लाएर विजयी भएका कांग्रेस र एमालेका प्रतिनिधिहरूले मधेशीलाई अधिकार दिलाए कि दिलाएनन् त्यसको पनि मूल्यांकन हुनुपर्छ ।


० सरकारले सप्तरी घटनामा सहादत दिएकाको परिवारलाई दश लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, जाँचबुझ आयोग गठन गरिएको छ । यो श्रृंखला फेरि दोहोरिएको छ । यसरी आन्दोलन, मृत्यु, वार्ता, सहमति अनि फेरि आन्दोलन, मृत्यु, वार्ता, सहमति यो क्रम कहिलेसम्म चलिरहने हो ?
— हामी अन्तरिम संविधानमा भएको व्यवस्था नयाँ संविधानमा राख्न चाहन्छौं । उत्पीडितहरूको अधिकार र समानताका लागि हामी आन्दोलन गर्दै आएका छौं । त्यसकारण हत्या र हिंसा तत्काल बन्द गर्नुपर्छ । सरकारले कायरता प्रदर्शन गरेको छ । विगत शहदत दिएकामध्ये केहीलाई सरकारले अझै शहीद घोषणा गरेको छैन । नुवाकोटमा केहीदिनअघि १९ राउण्ड गोली चलाउँदा रबरको गोली प्रयोग भएको थियो । तर, सप्तरीमा फलामको गोली चलाइन्छ ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)
प्रकाशित मिति : २०७३ साल फागुन २७ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com