फोरम नेपाल पर्साका अध्यक्ष यादव र भारतीय गृहमन्त्री सिंहबीच औपचारिक भेटघाट

नयाँदिल्ली । भारतका गृहमन्त्री राजनाथ सिंह र गृहराज्य मन्त्री किरण रिज्जूसँग दिल्लीमै भारत–नेपाल मैत्रीलाई लिएर एक शिष्टमण्डलले शुक्रबार चैत ११ गते औपचारीक भेटघाट गरेको छ ।
शिष्टमण्डलमा भारतबाट सांसद अजय निषाद र नेपालबाट मीडिया फोर बार्डर हार्मोनीका संरक्षक संघीय समाजवादी फोरम नेपाल पर्साको अध्यक्ष प्रदीप यादवको उपस्तिथि रहेको थियो । मन्त्री राजनाथ सिंहले भने, ‘भारत–नेपालको बीच बेटी र रोटीको सम्बन्ध छ जसलाई समाप्त गर्न सकिदैन ।’
शिष्टमण्डलले सीमामा लागेको सुरक्षा प्रहरीको व्यवहारलाई अझै मैत्रीपूर्ण बनाउने, शांति, सौहार्द र साझा विकासको कुरा गरेको थियो । पछिलो दिन काठमाडौंमा आयोजित नेपाल समिट २०१६ पारित २१ बुंदे माग पत्र मन्त्रीलाई जानकारी गराइएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com