संविधान संशोधन नभए चुनावमा सहभागी हुँदैनौं : अरविन्द्र साह, सह–संयोजक, प्रदेश नम्बर दुई नयाँ शक्ति पार्टी नेपाल

एकीकरणको आवश्यक थ्रेस होल्डले सिर्जना गरेको हो

० जुन दलले संसदमा प्रतिनिधित्व गर्दैन त्यो दलहरूलाई निर्वाचनका लागि चुनाव चिन्ह दिन मिल्दैन भनेर सरकार र निर्वाचन आयोग अगाडि बढेको छ, अबका दिनमा तपाईहरू कसरी अगाडि बढ्नुहुन्छ ?
— संविधानत हाम्रो पार्टी निर्वाचन आयोगमा दर्ता भएकै हो । नयाँ शक्ति पार्टी नेपालको ७५ जिल्लामा संगठनहरू रहेका छन् भने ७५वटै जिल्लाको निर्वाचन कार्यालयमा दल दर्ता गराएका छौं । निर्वाचन आयोगबाट नै हामीलाई आँखा चुनाव चिन्ह प्राप्त भएको छ र त्यही चिन्ह लिएर हामी चुनावमा जान्छौं भन्ने हाम्रो प्रष्ट धारणा हो । संसदमा भएका दलहरूलाई मात्र चुनाव चिन्ह दिने भएको भए अरू दलहरूलाई किन दर्ता गरियो त ? जब पार्टी दर्ता गराउन मिल्छ भने त्यो पार्टीलाई निर्वाचनमा सहभागी हुन चुनाव चिन्ह दिन किन मिल्दैन ।


० यो त ऐनमा भएको व्यवस्था हो नि निर्वाचन आयोगले गरेर मात्र हुने त होईन ?
— संविधान प्रदत नै कानुन बन्ने हो नि । यो ऐन बनाउनेहरूले षड्यन्त्रपूर्वक यस्तो ऐन बनाएका हुन् । नयाँ शक्ति पार्टीमा जनलहर भएको, ७५ वटै जिल्लामा संगठन भएको र वैकल्पिक शक्तिको रूपमा उदाएको कारणले भयभीत भएर तिन दलीय सिडिकेन्टले यस प्रकारको ऐन निर्माण गरेका हुन् ।


० तपाईहरू संसद बाहिर हुनुहुन्छ, संसदमा रहेका दलहरूले ऐन पारित गरिसके । स्वतन्त्र रूपमा तपाईहरूले जुन चुनाव चिन्ह पाउनुहुन्छ जिल्ला–जिल्लामा त्यही चुनाव चिन्ह लिएर आफ्नो शक्ति देखाए त भइहाल्यो नि ?
— हाम्रो पार्टी निर्वाचन आयोगमा दर्ता भएर पनि चुनाव चिन्ह प्राप्त हुँदैन भने स्वतन्त्र लडेर देशमा निर्दलीय व्यवस्था ल्याउने हो र । दलीय व्यवस्था हुन्छ भने दललाई चुनाव लड्नुबाट रोक्नुको कारण के हो त । १८० वटा पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् उनीहरूलाई दर्ता गर्न मिल्छ भने निर्वाचनका लागि चुनाव चिन्ह दिन किन मिल्दैन ?


० निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई चुनावका लागि चिन्ह दिनुपर्छ भन्ने तपाईहरूको माग हो ?
— जुन जुन दलले निर्वाचन आयोगबाट चुनाव चिन्ह प्राप्त गरेको छ उनीहरूलाई त दिनैप¥यो नि । जबसम्म हामीलाई चुनाव चिन्ह प्राप्त हुँदैन र जारी भएको संविधान परिमार्जन सहित संशोधन हुँदैन तबसम्म हामी चुनाव हुन दिन्नौं ।


० केही समय पहिले तपाईहरू मधेशी मोर्चाको मागलाई समर्थन गर्र्दै सँगै अगाडि बढिराख्नुभएको थियो तर पछिल्लो समय मधेश केन्द्रित दलको एजेन्डाभन्दा अल्लि पृथक भएर चुनावको बाटोमा लाग्नुभयो भनेर पनि आरोप छ यस्तो किन ?
— चुनाव देशको मेरूदण्ड हो, चुनाव त हुनैपर्छ । हाम्रो माग असन्तुष्ट रहेको पक्षलाई सहमतिलाई ल्याएर उनीहरूलाई पनि समेटेर चुनावमा जाऊँ भन्ने हो । चुनाव चिन्हको बारेमा जुन ऐन बनेको छ त्यो ऐन खारेज गरिनुपर्छ ।


० परिमार्जन सहितको संविधान संशोधन हुनुपर्छ भन्ने मागको लागि तपाईहरू सडकमा आउनुभएन नि ?
— आ–आफ्नो विचार हुन्छ हामी निरन्तर संघर्षरत छौं । डा. बाबुराम भट्टराईजीले संविधान जारी भएको दिनदेखि नै यसमा असन्तुष्टी जनाउँदै आउनुभएको हो । हामीले संविधान जारी भएदेखि नै संघर्षको बाटो अपनाएकै हो त्यसलाई हेर्ने आ–आफ्नो दृष्टिकोण हुन्छ । हामी यो संविधानमा भएको त्रृटि सच्चाएर आदिवासी, मधेशी, जनाजातिले अधिकारका लागि जुन संघर्ष गरिरहेका छन् त्यसलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ भनेर बारम्बार सरकारलाई दबाब दिईरहेका छौं ।


० वैशाख ३१ गते घोषणा भएको चुनावमा तपाईहरू सहभागी हुने कि नहुने ?
— जबसम्म यो संविधान परिमार्जन सहित संशोधन हुँदैन र दलीय चुनाव चिन्ह प्राप्त हुँदैन तबसम्म देशमा चुनाव नै हुँदैन हामी कसरी सहभागी हुन्छौं ।


० प्रदेश नम्बर दुईमा सीमांकन सम्बन्धी विवाद भइरहेको छ निर्वाचन कार्यालयहरूमा तालाबन्दी पनि भइरहेको छ, यो विषयमा तपाईको धारणा के छ ?
— हामीले यो सात प्रदेश मानेका छैनौं । हाम्रो पनि प्रस्तावित दुई नम्बर प्रदेश हो । सीमांकनको विषयमा संविधानसभामा उच्चस्तरीय सुझाव आयोगले १० प्रदेशको खाँका सहितको प्रतिवेदन बुझाएको थियो त्यो अनुसार नै हुनुपर्छ भन्ने हाम्रो माग हो । मधेशीहरू आन्दोलनमा छन् र परिमार्जन सहित संविधान संशोधन नभए चुनाव हुन नदिने अडानमा रहेका छन् त्यसमा हाम्रो समर्थन रहेको छ । हामी पनि मधेशमा दुईवटा प्रदेश होस् भन्ने चाहन्छौं ।


० स्थानीय तहको सीमांकन पनि मिलेन भनेर पनि कुराहरू आइरहेको छ यसमा तपाईको धारणा के छ ?
— कुनै ठाउँमा नमिल्ने हिसाबले बनाएको छ । कुनै ठाउँ जनसंख्याको हिसाबले मिलेको छैन, कुनै ठाउँ ऐतिहासिक नाममा नै परिवर्तन गरिदिएको छ । जनसंख्याको आधारमा सबै ठाउँमा स्थानीय निकायहरू तोकिनुपर्छ भन्ने हाम्रो माग हो ।


० संघीय समाजवादी फोरम नेपालसँग नयाँ शक्ति पार्टी नेपालको एकीकरण हुने भन्ने चर्चा पनि चल्दै छ के भन्नुहुन्छ ?
— समग्र रूपमा सबैलाई समेटेर जाने भन्ने कुरा भईरहेको छ । समृद्ध नेपाल हाम्रो कल्पना हो त्यही हिसाबले हामी अगाडि बढिरहेका छौं । विचार मिल्ने पार्टीसँग एकीकरण हुनसक्छ यो कुनै नयाँ विषय होइन । फोरम नेपालसँग एकीकरणको विषय चलेको हो तर टुंगो लागिसकेको छैन ।


० कार्यगत एकता मात्र हुने हो कि एकीकरण नै जुटाउने हो चुनावभन्दा अगाडि नै ?
— कुरा एकीकरणको नै भईरहेको छ । दुई पार्टीको समिति बनेको छ उनीहरूको विचमा कुरा भइरहेको छ उनीहरूले नै यो प्रक्रिया अगाडि बढाउँछन् ।


० विभिन्न पार्टीहरूबीच एकीकरणको विषय चलिरहेपनि अन्तिम अवस्थाका कुरा नमिलेको देखिन्छ तपाईहरूको बीचमा अहिलेसम्म एकीकरणको विषयमा कत्तिको सकारात्मक रूपमा कुरा अगाडि बढिरहेको छ ?
— कुरा त अन्य दलहरूसँग पनि भइरहेकै छ । यो साना दलहरू सबै एक ठाउँमा आउँछन् भन्ने मलाई लाग्छ । पछिल्लो समय मधेशी दलहरूको बीचमा पनि एकीकरण भइरहेको छ यो सकारात्मक पक्ष हो । थ्रेसहोल्डले गर्दा साना पार्टीहरूको बीचमा एकीकरण हुने सम्भावना बढेर गएको छ ।


० नयाँ शक्तिसँग फोरम नेपालको एकीकरण हुने सम्भावना कसरी भयो ?
— नयाँ शक्ति पार्टी नेपालको जुन उद्देश्य छ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपाति सांसद, सहभागिता मुलक लोकतन्त्र, समृद्ध नेपाल जस्ता मुख्य एजेन्डा रहेका छन् । त्यसै एजेन्डा संघीय समाजवादी फोरम नेपालको पनि भएको हुनाले दुईमा धुव्रीकरण हुने सम्भावना रहेको हो ।


० पछिल्लो समय नयाँ शक्ति पार्टीभित्र असन्तुष्टि बढ्दै गएको देखिन्छ किन होला ?
— हाम्रो देशमा बाहुनवाद प्रवृति अल्लि बढेको छ । नयाँ शक्ति नेपाल पार्टी जुन उद्देश्यले गठन भयो । आदिवासी÷जनजाति, मधेशी÷थारू र खस÷आर्य सबै समुदायबाट ३३÷३३% को हिसाबले पार्टीको सबै संरचनामा राख्ने जुन कुरा भयो त्यसमा चित्त नबुझेर केही व्यक्तिहरू फरक मतमा जानुभएको हो । उनीहरूलाई यो पार्टी पनि बाहुनवादमा नै परिणत होस् भन्ने लागेको होला त्यस्तो हुन सकेन त्यती मात्र हो ।


० अबको निकास के हो ?
— चुनाव भएन भने देश निरङ्कुशता तिर जान्छ । चुनाव हुनैपर्छ तर चुनाव हुनका लागि वातावरण बन्नुप¥यो । असहमतिमा रहेकाहरूलाई सहमतिमा ल्याउनुप¥यो र जुन उद्देश्यको लागि देशमा आन्दोलन भईरहेको छ त्यसको सम्बोधन गरिनुप¥यो ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७३ साल चैत्र २५ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com