हुलाकी सडक निर्माणले तीव्रता पाएको छ : बलराम मिश्र , निर्देशक, हुलाकी सडक आयोजना

हुलाकी सडकको निर्माण कार्य कहाँसम्म पुग्यो ?
— जनतामा अलिकति भ्रम रहेको छ, हुलाकी सडक भनेको खाली पूर्वदेखि पश्चिम राजमार्ग मात्र हो भन्ने । तर, नेपाल सरकारको सर्वेक्षण अनुसार २०६९ सालमा एउटा योजना स्वीकृत भएको थियो । त्यो अनुसार हुलाकी सडक भन्नाले तराईको २० जिल्लामा जाने मेचीदेखि महाकालीसम्मको १००० किलोमिटरको बाटो रहेको छ । यो महेन्द्र राजमार्गको समानान्तर छ । प्रायजसो तराईको भू–भागबाट ३÷४ किलोमिटरमाथि भारतको सिमाना नजिक हुँदै जाने हो । महेन्द्र राजमार्र्ग तराईको विकासको मेरूदण्ड हो । हुलाकी राजमार्गअन्तर्गतको सडक भारतको सिमानासम्म जोड्ने ३१÷३२ वटा सडकहरू महेन्द्र राजमार्र्गसँग जोडिएका छन् । पूर्वपश्चिम राजमार्ग बाहेकका ८१७ सहायक सडकहरू पनि यसमा आउँछन् ।


० अब सडक निर्माणको कामले तीव्रता लिएको हो त ?
— कुनैपनि योजना बनाउन पैसाकै जरूरी पर्ने गर्दछ । प्राविधिक पनि त्यतिकै चाहियो । यो सरकार गठन भएदेखि विमलेन्द्र निधिज्यूको रहोबरमा काम गर्न केही सहज भएको छ ।


० अहिले भारतको सहयोगमा कुन–कुन सडक कहाँकहाँ बन्दैछ र नेपाल सरकारले कहाँ कहाँ बनाउँदैछ ?
— अहिले तराईमा १८०० किलोमिटर मध्ये ८०० किलोमिटर सडकको काम अगाडि बढेको छ । त्यसमा भारत सरकारको लगानीमा पहिले ७० किलोमिटर बनेको थियो भने अहिले ३०० किलोमिटर बन्दैछ । त्यसमध्ये अहिले १० वटा सडकको काम अगाडि बढेको छ ।


० १७९२ किलोमिटर मध्ये ८०० किलोमिटरको सडकको काम अहिले भइरहेको हो ?
— कुनै सडकको लागि टेन्डर खोल्ने प्रक्रिया चलिरहेको छ । कुनै सडकको लागि टेन्डर खुलिसकेको भएपनि स्कीकृति हुन बाँकी छ । ८०० किलोमटिरमध्ये लगभग ४०० किलोमिटर चाहीँ भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ भने बाँकी ४०० नेपाल सरकारले निर्माण गरिरहेको छ । अब बाँकी रहेको लगभग १००० किलोमिटर दोस्रो चरणमा काम हुन्छ । यसको पनि लगभग तयारी पूरा भइसकेको छ । सर्वे डिजाइनको काम पूरा भइसकेको छ ।


० विगतका कुराकानीमा तपाईंले निराशा जनाउनुभएको थियो । अहिलेको अवस्था कस्तो छ ?
— अहिले त म एकदम आशावादी भएको छु । तराईका जुनसुकै जिल्ला धनुषा, महोत्तरी, सर्लाही, झापा, कैलाली, कंचनपुर सबै ठाउँमा सडक निर्माणको काम अगाडि बढेको छ जनतामा ठूलो आशा पलाएको छ ।


० निर्माणधिन सडक निर्माण कहिले पूरा होला ?
— जनतालाई अल्लि सम्झाउनुपर्छ । निर्माण भन्ने बित्तिकै हुने होइन । आफ्नो घर बनाउन सुरू गरेदेखि नबस्नुजेल कति समय लाग्छ हुलाकी सडकमा पनि अवस्था त्यही हो । सडक निर्माण ढिला भयो । छिटो बनाउन पाए हुन्थ्यो भनेर केन्द्रसम्म आएर स्थानीयबासीले ज्ञापन पत्र बुझाउने गरेको पाएको छु । हाम्रो पनि समस्या बुझ्नुप¥यो । हामीसँग साधन र स्रोत सीमित हुन्छ । कामको प्रकृति पनि बुझ्नुपर्ने हुन्छ । खानेपानीको, ढलको पाईप जमिनमुनि हुन्छ । त्यसको लागि सम्बन्धित पक्षसँग समन्वय नगरी बाटो खन्न पाइन्न ।


० समन्वयको विषयमा कत्तिको समस्या परिरहेको छ ?
— हाम्रो योजना निर्देशनालय अन्तर्गत ५÷६ वटा योजनाका कार्यालयहरू छन् । सबैको काम बाँडिएको छ । जनकपुरमा एउटा कार्यालय रहेको छ । त्यहाँको योजना प्रमुखले धनुषा, महोत्तरी, सर्लाहीको काम हेर्नुहुन्छ । हामीले त यहाँबाट अनुगमन गर्ने हो । दिनहुँ आउने समस्याहरू त्यहीको योजना प्रमुखले हेर्नुहुन्छ । केही अप्ठ्यारो आयो भने हामीलाई खबर गर्नुहुन्छ, अनि हामी समस्या समाधानका लागि पहल गछौं । अहिले सडक निर्माणमा खासै अवरोध भएको रिपोर्ट छैन । तराई÷मधेशमा सडक निर्माणमा अवरोध हुँदैन । मान्छेलाई जतिसक्दो छोटो समयमा राम्रो बाटो बनिदिए हुन्थ्यो भन्ने मात्र लागेको छ । त्यसैले सडक निर्र्माणमा तराई–मधेशका सम्पूर्ण जनताको साथ रहेको छ । कोहीकोही व्यक्तिहरूले नबुझेर विरोध गरेका छन् ।


० पछिल्लो समयमा धनुषाको कदमचोकतिरको बाटो निर्माणमा अलिकति अवरोध आयो भनेर सुनियो अनि राजविराजमा पनि केही विवाद भइरहेको छ अब यी समस्याहरूको निकास चाहीँ के छ ?
— सडक कताबाट लैजाने भन्ने पहिले नै टुंगो लागिसकेको विषय हो । अहिले आएर अवरोध गर्नु भनेको राम्रो होइन । विकास त जमिनमा नै हुने हो नि । पहिले जुन ठाउँबाट बाटो लैजाने भनिएको छ, त्यसलाई परिवर्तन गर्न व्यापक आधार हुनुपर्छ । किनकी नेपाल सरकारसँग पनि सीमित स्रोत साधन छ । त्यसलाई बचाएर हामीले विकास निर्माणको काम अगाडि बढ्नाउनुपर्छ । सकेसम्म कम लागतमा निर्माण कार्य सम्पन्न गर्र्नुपर्दछ । सडक निर्माणमा कसैको घर प¥यो भने सरकारी मापदण्ड अनुसार हामी क्षतिपूर्ति दिन तयार छौं ।


० राजविराजको घनाबस्तीबाट बाटो जाँदाखेरी यसको संरचनामा नै आघात पुग्छ भनेर पनि स्थानीयबासीले विरोध जनाउँदै आएका छन्, बाटो घुमाएर लैजाने कुनै योजना छ ?
— त्यसको औचित्यतता प्रमाणित हुनुप¥यो । दुईचारजनाको कुरा सुनेर मेरो घर पर्दैछ, म बाटो घुमाउँछु भनेर कुनै हालतमा हुँदैन । तर एउटा बस्ती नै खतरामा छ भने त सरकारले त्यसमा केही सोचविचार गर्छ होला नि । राजविराजबाट गुनासो आइरहेको छ । त्यस विषयमा हामी बुझ्दैछौं । तर, त्यहाँ तपाईंले भन्नुभएको जस्तो संरचनामा नै आघात पुग्ने खालको समस्या होइन भन्ने हामीले बुझेका छौं । यस्तो समस्याहरू छन् भने राजनीतिक तबरबाट हल गर्नुपर्ने हुन्छ ।


० सडक निर्माण गर्दा जंगल पर्नेगर्छ र जंगल फँडानी गर्न समस्या भइरहेको छ भनेर खबरहरू पनि आइरहेका हुन्छन् । अहिले यस विषयमा समस्या छ ?
– यो हुलाकी सडकको मात्र समस्या होइन  । देशभरीको जटिल समस्या हो । हुलाकी राजमार्गमा पर्ने जंगलहरूको विषयमा कतै कुरा मिलिसक्यो कतै कतै मिलाउँदै छौं । यसको लागि जुन सरकारी प्रावधान छ, त्यही अनुसार अगाडि बढिरहेका छौं ।


० कहिलेसम्म यो पहिलो चरणमा भइरहेको ८०० किलोमिटर सडक बनिसक्छ ?
— अहिलेको जति टेण्डर भइसकेको छ त्यसको समय हामीले ३०÷३६ महिना दिएका छौं । लगभग साढे दुई वर्षभित्र हामीले यो ८०० किलोमिटर सडक सम्पन्न गर्न प्रयासरत छौं । हाम्रो तर्फबाट अब यो सडक निर्माणको काममा कुनै अवरोध हुँदैन । जनताको सहयोग चाहिन्छ । राजनीतिक दल, आम जनसमुदाय, मिडियाका साथीहरू सबैलाई म अनुरोध गर्न चाहन्छु हाम्रो गल्ती छ भने औंल्याइदिनुस् । तर, सानातिना कुरामा अल्मलिएर बस्ने समय छैन, अब । कुनै कुरा बुझ्नु भएन भने हामीलाई सोधिदिनुस् । तर, मिडियामा गलत कुरा गयो भने फेरि आम जनतालाई सम्झाउन सकिँदैन । सबै जनतालाई ढुक्क हुन आह्वान गर्दछु । हुलाकी सडकको काम समयमा नै सकिन्छ ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति :  २०७४ साल वैशाख १ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com