संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा भाग नलिने नेसपाको घोषणा

काठमाडौं, ६ बैशाख । अनिल कुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टीले संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा भाग नलिने घोषणा गरेको छ ।

सोमबार र मंगलबार गरी दुई दिनसम्म संचालन भएको नेसपा महासमितिको बन्द सत्रले यस्तो निर्णय गरेको हो । राज्य पुनर्संरचनासहितको संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदबाट पारित गरी मधेशी आन्दोलनका मुद्दाहरु सम्बोधन नभएसम्म जनआन्दोलन जारी रहने नेसपाले निर्णय गरेको छ ।

नवगठित स्थानीय तहका गाउँपालिका, नगरपालिका, उपनगरपालिकासहित सबै स्थानीय तहहरुको संख्या मधेशको मधेशको जनसंख्याको अनुपातमा बढाइनुपर्ने निर्णय नेसपाले गरेको नेसपाकी प्रवक्ता डा. डिम्पल कुमारी झाले जनाएकी छन् ।

साथै अधिकार सम्पन्न प्रदेशको स्थापना गरी त्यसको अन्तर्गत स्थानीय तह राख्ने र स्थानीय तहको निर्वाचन प्रदेश सरकारले गराउन पाउने व्यवस्था गरिनुपर्ने मागसमेत गरेको छ ।

पार्टी एकीकरणबारे नेसपाको निर्णय :

मधेशी दलहरुबीचको एकीकरण चर्चा सकारात्मक छ । मधेशको सबभन्दा पूरानो, मधेश आन्दोलनका प्रणेता स्व. गजेन्द्र नारायण सिंहद्वारा स्थापित नेपाल सद्भावना पार्टीको नाम, झण्डा, चुनावचिन्ह, सैद्धान्तिक र परम्परागत विचार एवं सिद्धान्तलाई स्वीकार गरी लोकतन्त्र र समानताका पक्षपाती, उपेक्षित समुदाय र जातिको अधिकारका लागि कार्यरत् पार्टीलाई एकताबद्ध हुन आह्वान गर्ने ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com