यस्ता छन् नयाँ शक्तिबाट सिफारिस रुपन्देहीका उम्मेदवारहरु

रबिन्द्र प्रताप गुप्ता, भैरहवा, ६ बैशाख । नयाँ शक्ति पार्टी नेपाल रुपन्देहीले जिल्लाका अधिकांश स्थानीय निकायहरुका प्रमुख तथा उप–प्रमुखहरुको नाम सिफारिस गरेको छ । आकांक्षीहरु धेरै देखिएपछि सर्वसहमत रुपमा उम्मेदवार चयन गर्न नसके पनि पार्टीले विभिन्न नगरपालिका, उपमहानगरपालिका, गाउँपालिका लगायतबाट आकांक्षीहरुको नाम सिफारिस गरेको हो ।

जसअनुसार सिद्वार्थनगर नगर कमिटीले नगरको मेयर तथा उपमेयरमा भैरहवाका स्थापित नेता कैलाश गुरुङ, किस्मत वि.क. र संजय वजिमयलाई मेयरमा सिफारिस गरिएको छ भने उपमेयरमा दुर्गा वि.क., कमला मल्ल र रविना भण्डारीको नाम सिफारिस गरिएको हो । यिनै नामहरुबाट जिल्ला स्तरीय उम्मेदवार छनौट समितिले निर्णय गर्ने सि.न.पा. निर्वाचन परिचालन समिति संयोजक तथा केन्द्रीय परिषद सदस्य किस्मत वि.क.ले जानकारी दिए ।

त्यस्तै, जिल्लाको एकमात्र उपमहानगरपालिका बुटवलमा पनि नयाँ शक्तिका आकांक्षीहरु धेरै देखिएपछि पार्टीको बुटवल उपमहानगरपालिकाको बैठकले नगर प्रमुखमा निर्दोष अलि, बाबुराम पोखरेल, पंकज राई र ज्ञानेन्द्र थापाको नाम पठाएको छ भने उप–प्रमुखमा पुनम लिगल, कमला आचार्य, कविता रसाईली र नसरिन खानको नाम सिफारीस गरीएको छ । त्यस्तै सैनामैना नगरपालिकामा मेयरको लागि शारदा घिमिरे, राम बहादुर कुंवर, तेज कुमार घिमिरे र हरी के.सी.को नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।

उता सुद्धोधन गाँउपालिकाको प्रमुखमा श्याम ब. चौधरी र पदम वि.क.को नाम सिफारिस गरिएको छ भने कञ्चन गाँउपालिकामा शालिकराम पौडेल र सोमनाथ पौडेलको नाम सिफारिस गरिएको छ । त्यस्तै रोहिणी गाउँपालिकाको प्रमुखमा जमिल अहमद, धनेश्वरी चौधरी, दिलिपमणी त्रिपाठी, सुनिल कौशल, मुस्ताक अहमदको नाम सिफारिस गरिएको छ भने ओमसतिया गाउँपालिकामा भिष्म के.सी., नजिर अलि, विरेन्द्र यादव र बब्लु चौधरीको नाम सिफारीस गरिएको जिल्ला संयोजक देवेन्द्र पाण्डेले बताए ।

१० गते सम्म सबै गाँउपालिका, नगरपालिका प्रमुख, उप प्रमुख र वार्ड अध्यक्ष तथा सदस्यको नाम सिफारीस भैसक्ने र ११ गते निर्णय गरी १२ गते घोषणा हुने संयोजक पाण्डेले बताए । सिफारसि भएकै नाम मध्येबाट प्रमुख, उप–प्रमुख छानिने र १३ गते बाट सबै वार्डमा घरदैलो एकसाथ अगाडी बढ्ने पार्टी केन्द्रिय परिषद सदस्य यज्ञ पोखरेलले बताए ।

यता नँया शक्ति सि.न.पा.ले भने घरदैलो र वार्ड कार्यालय उद्घाटन सुरु गरिसकेको छ । सोमबार सि.न.पा. को ८ नं.वडाको कार्यालय उद्घाटन पछि सोही वडामा घर दैलो गरिएको र मंगलबार ९ नं वडामा घरदैलो गरिएको केन्द्रिय परिषद सदस्य किस्मत वि.क.ले बताए । उनले यो अभियान अब निरन्तर जारी रहने बताएका छन् । नयाँ शक्तिले नयाँ शक्तिलाई मत किन ? भन्ने हाते पर्चा सहित घरदैलो गरिरहेको छ । चाडै सबै न.पा. र गा.पा.का घोषणा पत्र सार्वजनिक गरी प्रचार प्रसारलाई तिब्र पारिने जिल्ला कार्यालय सचिव यादव प्रसाद आचार्यले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com