लागूऔषधसहित पक्राउ

सुनसरी, ६ बैशाख । बराह नगरपालिका–११ बस्ने ६० बर्षीय नारायण उराउलाई प्रहरीले लागूऔषध गाँजा २ के.जी. र १ सय एमएलको कोरेक्स १ सय १८ बोतल सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मंगलबार उराउको घर तलासी गर्दा कोठा भित्र लुकाई छिपाइ राखेको उक्त गाँजा र सुँगुरको खोर निज मलखादको थुप्रोमा लुकाई राखेको कोरेक्स बरामद भएको थियो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com