आगलागीमा परी युवकको मृत्यु

मोरङ, ६ बैशाख । आगलागीमा परी एक युवकको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–२ बस्ने २३ बर्षीय राजेश ऋषिदेवको मृत्यु भएको हो । उनी आफ्नै घरमा कोही नभएको अवस्थामा टुक्की बाली सुतिरहेको अवस्थामा बुधबार टुक्कीबाट फुसको छानो भएको एकतले घरमा आगो सल्कन गई आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट करीव ५५ हजार रुपैयाँ बराबरको धनमाल समेत जलेर क्षति भएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com