मुलुकवासीको हित रक्षार्थ संयम् तथा पेशेवर ढंगले लाग्नुपर्छ : प्रधानसेनापति

काठमाडौं, ६ बैशाख । प्रधान सेनापति राजेन्द्र क्षत्रीले मुलुक र मुलुकवासीको हित रक्षार्थ अनुशासित, संयम् एवम् पेशेवर ढंगले कटिबद्ध भई लाग्नुपर्नेमा विशेष जोड दिएका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारास्थित श्री गोरख बहादुर गण तथा बाह्रविसेस्थित सुरक्षा बेसको निरीक्षण भ्रमणको क्रममा उनले सो कुरा बताएका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त गण र सुरक्षा बेसमा नवनिर्मित भवनहरुको उद्घाटन गर्नुका साथै स्थलगत बस्तुस्थिति विवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए ।

सोही अवसरमा उनले सकलदर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई कार्य गर्न विशेष जोड दिएका हुन् । निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री बुधबारै काठमाण्डौ फिर्ता भएका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com