राप्रपाको गतिविधिबाट निर्वाचन आयोग मर्माहत

काठमाडौं, ६ बैशाख । नेपाल सरकारका उपप्रधानमन्त्री कमल थापाको पार्टी राप्रपाको गतिविधिका कारण निर्वाचन आयोग मर्माहत भएको गुनासो गरेको छ ।

आयोगले गरेको कार्य सम्पादनलाई लिएर सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्रीसमेत रहेका सो दलका नेताबाट व्यक्त भएका भनी आमसञ्चार माध्यमबाट प्रकाशित भएका विचार र उनको पार्टीका तर्फबाट केही दिनयता भएका गतिविधिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको सहसचिव एवं प्रवक्ता सूर्य प्रसाद शर्माले जनाएका छन् ।

‘सो पार्टीबाट निर्वाचन आयोगले गरेको निर्णय जलाउने तथा सो व्यहोराको विज्ञप्ति जारी गर्नेसम्मका क्रियाकलाप भएको र मन्त्रिपरिषद्को वरिष्ठ सदस्यसमेत रहेको दलको तर्फबाट भएका त्यस प्रकारका विज्ञप्ति र क्रियाकलापबाट आयोग मर्माहत भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान र कानूनअनुसार आयोगले कार्यसञ्चालन गरिरहेको अवस्थामा कानून अनुसार कार्य नगर्न दबाब दिने क्रियाकलापप्रति आयोग गम्भीर आपत्ति प्रकट गर्दै भविष्यमा यस्ता गतिविधिहरू दोहरिन नदिन आयोगले ध्यानाकर्षण गराएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com