उपेन्द्र बाहेक मोर्चाका ६ दलको एकीकरण घोषणा हुँदै

काठमाडौं, ७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्र रहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबाहेक अन्य ६ दलबीच एकीकरणको घोषणा हुँदैछ ।

मोर्चाभित्र रहेका तमलोपा, सद्भावना, तमसपा, रामपसा र फोरम गणतान्त्रिकबीच एकताका लागि सैद्धान्तिक सहमति भएको छ भने अनिल झा नेतृत्वको नेसपासँग पनि छलफल चलिरहेको छ ।

एकीकृत पार्टीको नाम, अध्यक्ष, झण्डा र चुनाव चिन्हबारे छलफल हुँदैछ । सम्भवतः एकीकृत पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ हुने स्रोतले जनाएको छ ।

एकीकृत पार्टीको सर्वमान्य अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने अन्य पाँच दलका अध्यक्षहरुको अध्यक्ष मण्डलीय प्रणालीअनुसार रहनेछ । महाधिवेशन पश्चात् अन्य पदाधिकारीहरु पनि चयन हुनेछ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com