गच्छदार पनि पार्टी एकीकरण गर्दै

काठमाडौं, ७ बैशाख । हालै मात्र मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) बाट नेपाल लोकतान्त्रिक फोरम पार्टी नाम परिवर्तन गरेका विजयकुमार गच्छदारले पनि पार्टी एकीकरणलाई तीव्रता दिएका छन् ।

केही दिनपहिला गच्छदारले संसदभित्रका दुई वटा दलसँग एकीकरणको घोषणा गर्दै नेपाल लोकतान्त्रिक फोरम पार्टीमा परिणत गरेका थिए ।

यसैगरी, आज नेपाल लोकतान्त्रिक फोरम पार्टीमा गोपाल दहित नेतृत्वको थरुहट तराई पार्टीलगायत अन्य दलहरु समाहित हुँदैछन् । आज दिउँसो ३ बजे तिनकुनेस्थित मण्डला बैंकिटमा पार्टीको एकीकरणको घोषणा हुँदैछ ।

लोकतान्त्रिक फोरमका नेता डा. सुबोध पोखरेलका अनुसार अहिलेसम्म थरुहट तराई पार्टीसँग एकीकरणका लागि सैद्धान्तिक सहमति भएको छ भने अन्य दलहरुसँग कुरा चल्दैछ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com