राजपा घोषणासँगै विजय गच्छदारलाई ठूलो झट्का !

काठमाडौं, ७ बैशाख । मधेशी मोर्चाभित्रका ६ दलबीच एकीकरणको घोषणा भइरहँदा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीलाई ठूलो झटका लाग्ने भएको छ । मधेशी मोर्चाभित्रका तमलोपा, सद्भावना, तमसपा, रामसपा, नेसपा र फोरम गणतान्त्रिकबीच एकीकरण भई ‘राष्ट्रिय जनता पार्टी’ घोषणा हुँदैछ ।

गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्षसहित ठूलो खेमा राजपामा प्रवेश गर्ने स्रोतको दाबी छ । लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले मधेशी दलहरु एक ठाउँमा आउनु स्वागतयोग्य रहेको बताउँदै यो एकीकरण मधेशी जनताको भावनाअनुरुप रहेको दाबी गरे ।

उनले यो एकीकरणप्रति खुशी व्यक्त गरेका छन् । राजपामा तपाइँ पनि प्रवेश गर्दै हुनुहुन्छ भन्ने मधेशवाणीको प्रश्नको जवाफमा लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष यादवले भने, ‘यो स्वागत योग्य हो । हामी पनि चाहन्छौं कि मधेशी दलहरु एक ठाउँमा आओस् । तर जहाँसम्म त्यो पार्टीमा प्रवेश गर्ने कुरा छ, यस विषयमा हामी मधेशका नेताहरुले छलफल गर्दैछौं ।’

उनले यी ६ दलबीचको एकीकरण पश्चात् राजपामा प्रवेश गर्न सक्ने संकेत गरेका छन् । आफूलाई राष्ट्रिय दल बनाउने अभियानमा लागेका गच्छदारको पार्टीलाई यो एकीकरणबाट ठूलो झटका लागेको भएको छ ।

यसैबीच, एकीकरणपूर्व विजय गच्छदार पार्टीका नेता तथा पूर्वसभासद्द्वय गोविन्द चौधरी र चन्दन साह लगायतका नेताहरु तमलोपामा प्रवेश गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com