मोर्चाका ६ दलबीच एकता, ‘राष्ट्रिय जनता पार्टी’ घोषणा

काठमाडौं, ७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्रका ६ दलले पार्टी एकीकरणको घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा ऐतिहासिक पार्टी एकीकरण कार्यक्रमको आयोजना गरी मोर्चाभित्रका उपेन्द्र यादवबाहेक अन्य ६ दलले पार्टी एकीकरणको घोषणा गरेको हा ।

तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी र मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)बीच एकीकरण भई राजपाको घोषणा भएको हो ।

राष्ट्रिय जनता पार्टीले सामूहिक नेतृत्वको सिद्धान्तलाई अवलम्बन गर्दै अध्यक्ष मण्डलीय प्रणालीअनुसार चल्नेछ । अध्यक्ष मण्डलीय प्रणालीअनुसार राजपामा महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्र यादव, अनिलकुमार झा र राजकिशोर अध्यक्ष रहेका छन् ।

अध्यक्ष मण्डल नै पार्टीको सर्वोच्च निकाय हुने र पार्टीको सबै राजनीतिक र सांगठनिक निर्णयहरु सामूहिक निर्णय प्रणालीबाट गर्ने विज्ञप्तिमा उल्लेख छ । अन्य सांगठनिक संरचना, पार्टी संचालनको कार्यविधि, पार्टीको विधान आदिको निर्णय अध्यक्ष मण्डलबाट हुने जनाइएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com