कपिलवस्तुमा लाठी तथा सिटी जुलुस

दिलिप कुमार यादव, कपिलवस्तु, ७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा संघीय गठबन्धनको पूर्वघोषित कार्यक्रमअनुसार बैशाख ७ गते तौलिहवामा पनि लाठी तथा सिटि जुलुस प्रदार्शन गरिएको छ । संविधान संसोधन गर, मधेशको सानमा मोर्चा मैदानमा, बैशाख ३१ गतेको स्थानिय तहको चुनाव बहिष्कार गरौँ, एमाले कांग्रेस, माओबादी तीन दल मधेशी, जनजाती, थारु, मुस्लिम विरोधी रहेको अरोप लगाएका छन् ।

मोर्चाले राखेको माग सम्बोधन नभए सम्म चुनाव हुन दिन्नौँ भन्ने नारा लगईएको थियो । तौलिहवाको बाजार घुम्दै लाठी तथा सिटि जुलुस प्रदर्शन गरिएको थियो । बजार परिक्रमा पछि जिल्ला प्रशासन कार्यलय अगाडी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै मोर्चाका नेता शैलेन्द्र यादवल १० गते पछि आप्ःनो चुनाबी प्रचार गर्ने जो सुकैलाई पनि कार्यवाही गर्ने तथा १६ गते उम्मेदवारी दिनेलाई केहि भयो भन्ने स्वाम जिम्मेवारी लिनु पर्ने त्यासमा मोर्चाले केहि जिममेवारी नलिने यादवले बताए । यादवले यदि कुनै पनि पार्टीका नेता तथा कार्यकर्ता भोट बनाउने तथा चुनाबी प्रचारमा गएको पाईएमा अवश्यक कार्यवाही गर्ने समेत बताएका छन ।

लाठी जुलुस कार्यक्रममा बोल्दै आर्का मोर्चाका नेता धर्मबहादुर लाल श्रीवास्तवले यदि मधेशको माग सम्बोधन नभए सम्म चुनाव गराउने लाई पनि कार्यवाही गर्ने जनाएका छन । श्रीवास्तवले मधेशमा चुनाव गराउना जास्तो सुकै बल प्रयोग गरे पनि चुनाव हुना नदिने उनले बताए ।

यदि हाम्रो मधेशकोअन्दोलनमा प्रहरी प्रशासन द्धाराकुनै पनि किसिमको दमन भयो भनेकडा प्रतिकारगर्ने तथा हाम्रो माग सम्बोधन नहुदाँ सम्म मधेशमा चुनाव गराउने जुन सुकै कार्यक्रमलाई विथोल्ने मोर्चाका नेता संदिप पाण्डेयले बताए ।

पाण्डेयले अहिले निर्वाचन शिक्षाको योजना लाईसमेत गर्न नादिने तथा त्यो प्रकारको सबै कार्यक्रम बहिष्कार गर्ने उनले बताए । कार्यक्रममा मोर्चाका नेता दिपाक पाण्डेय, गिता श्रीवास्तव, रामदास गुप्ता, राम निवास यादव, चक्रधारी पाण्डेय लगायतको नेता तथा हजारौँ कार्यकर्ताहरुको उपास्थिति रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com