गौरमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप

राकेश यादव, रौतहट, ७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यकर्ता र प्रहरीबीच रौतहटको सदरमुकाम गौरमा झडप भएको छ । मोर्चाका पूर्वघोषित कार्यक्रमअनुुसार बिहीबार आयोजना गरिएको लाठी तथा सिटी जुलुसमा सहभागी भएका आन्दोलनकारीहरुले नगरपालिकाको सभाहलमा शहरी विकास मन्त्रालय द्धारा आयोजित जनताको आवाज कार्यक्रममा नेकपा एमालेका सासंद रामकुमार भटराईको विरोध गरेपछि झडप भएको हो ।

कार्यक्रममा सासंदहरु सहभागी भएको जानकारी हुँदा आन्दोलनकारीहरुले नारावाजी गर्दै ढुंगा प्रहार गर्न लाग्दा प्रहरीले रोक्न खोज्दा मोर्चाका कार्यकर्ताहरुले प्रहरी माथी ढंगामुढा गर्न लागेपछि स्थिती नियन्त्रणमा लिनलाई प्रहरीले ५ राउण्ड आश्रु सेल समेत प्रहार गरेको हो ।

प्रहरीलाई लक्षित गरेर आक्रमण गर्न खोज्दा आश्रु सेल प्रहार गरिएको प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले वताएका छन । झडपमा परि मोर्चाका दर्जन कार्यकर्ता पक्राउ परेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com