बालविवाह अन्त्यका लागि युवाहरुको प्रतिबद्धता

कपिलवस्तु, ८ बैशाख । साबिकको बरकलपुर गा.बि.स.(हाल बुद्ध भूमि नगरपालिका वडा नं.९) लाई सन् २०१७ को अन्त सम्ममा बाल बिवाह मुक्त बनाउनका लागि स्थानीय युवाहरुले प्रतिबद्धता गरेका छन् ।

युवाहरुले मिलेर गरे बाल बिवाह अन्त गर्न सकिन्छ भन्ने बिश्वासका साथ सृजनशिल युवा क्लब,कालिका सवावलमबन सामाजिक केन्द्र,सेभ द चिल्ड्रन,बाल संरक्षण समति,बाल संजाल लगायतका बिभिन्न संघ संस्थाहरुले संचालन गरेको बाल बिवाह न्यूनिकरणका लागी हातेमालो अभियान संचालन गरेका हुन् ।

कार्यक्रममा स्थानिय बाल सरोकारवाला निकाय तथा बिभिन्न क्षेत्रमा रहेका युवाहरुले म बाल बिवाह गर्दिन, आÏनो परिवार र छरछिमेकमा पनि हुन दिन्न भनि प्रतिबद्धता जनाएका छन् । नेपालले सन् २०३० सम्ममा नेपाललाई बाल बिवाह मुक्त गर्ने लक्ष्य राखेको छ ।

हाल बरकलपुरमा ४ प्रतिशत बाल बिवाह हुने गरेको एक तथ्याङ्कले देखाएको छ । गत बर्ष कालिका स्वावलम्बन सामाजिक केन्द्रले गरेको एक सर्बेक्षणमा बरकलपुरमा भएका जम्मा ४७ बिवाह मध्य २ वटा बाल बिवाह भएको थियो ।

विवाह गर्ने सहि उमेर २० बर्ष पछि रहेको छ । बाल बिवाह अन्त्य गर्ने अभियान अन्र्तगत नै बरकलपुरमा रहेका ९ वटा बाल क्लबहरुले प्रत्येक वडामा अभिभावक र बाल बालिकाहरुलाई अभिमुखिकरण पनि गरेका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com