लोकतान्त्रिक फोरम र थरुहट तराईबीच एकीकरण

काठमाडौं, ८ बैशाख । विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टी र भानुराम थारू नेतृत्वको थरूहट तराई पार्टी नेपालबीच बिहीबार एकीकरण भएको छ । एकीकरण पछि पार्टीको अध्यक्ष गच्छदार नै रहनेछन् भने थारूलाई सहअध्यक्षको जिम्मेवारी दिइने छ । पार्टीको नाम भने नेपाल लोकतान्त्रिक फोरम पार्टी राख्ने सहमति भएको छ ।

थरूहटको चरणबद्ध आन्दोलनको क्रममा टीकापुर घट्ना लगायत विभिन्न ठाउँका आन्दोलनकारीहरूमाथि सुनियोजित रूपमा लगाइएको सम्पूर्ण मुद्दा खारेज गर्ने, राजबन्दीहरूलाई निशर्त रिहा गराउने, क्षति भएका सम्पत्तिको क्षतिपूर्ति दिलाउने जस्ता जिम्मेवारी पहिलो प्राथमिकतामा रहनेछ ।

दुबै पार्टीको राजनीतिक भावना, उद्येश्य र ध्येय एउटै भएकोले पार्टी एकीकरण गर्न सहमत भएका छन् । एक हप्ताभित्रै एकता महाधिवेशन गर्ने र पार्टीको नाम तथा जिम्मेवारी टुंगो लगाउने थरूहट तराई पार्टी नेपालका नेता एवम् सांसद गोपाल दहितले जानकारी दिए ।

यसअघि थरूहट तराई पार्टी नेपालकी सांसद गंगा थारू बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी थिइन् । त्यसैगरी फोरम लोकतान्त्रिकसँग शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाती पार्टीकी यशोदा लामाले पनि एकता गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com