बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

रुपन्देही, ८ बैशाख । बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१९ पथ्थरगंगस्थित भित्री सडक खण्डमा लु.१ख ९२६५ नम्बरको बस र लु.१७ प २७९ नम्बरको मोटरसाइकल शुक्रबार एक आपसमा ठोक्किँएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार चालक सोही उपमहानगरपालिका–१४ बस्ने २५ बर्षीय बिमल थापा र २२ बर्षीय झम बहादुर परियार घाइते भएकोले उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com