मन्त्रीले शिलान्यास गरेको सडक निर्माण सुस्त, वर्षायाममा बस बन्द गर्ने चेतावनी

जलेश्वर, ८ बैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जनकपुर–भिठ्ठामोड सडकखण्डको शिलान्यास गरेको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । हल्का पानी पर्दा पनि बाटो हिल्लामय हुँदा सवारीसाधन गुडाउन समस्या भइरहेको गुनासो आइरहेको छ ।

यता, जनकपुर अञ्चल बस व्यवसायी संघले सबै सडकहरु जीर्ण भइसकेको भन्दै सडक निर्माण नगरिए बस बन्द गर्ने चेतावनी दिएको छ ।

जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरीले पानी परेसंगै जिल्लाको भिठामोड–जनकपुर सडकखण्ड, जलेश्वर–मटिहानी सडकखण्ड, जलेश्वर–सम्सी सडकखण्ड, जनकपुर–जटही सडकखण्ड, जनकपुर–तिनकौरिया–सघारा सडकखण्ड पूर्णरुपमा जिर्ण भई बस गुडाउन समस्या भएकोले यस्तो चेतावनी दिनुपरेको बताए ।

उनले भने, “अञ्चल बस व्यवसायी संघद्वारा सञ्चालित सम्पूर्ण सार्वजनिक भाडाको बस वर्षायाममा संचालन गर्न नसकिने हामीहरुले निर्णय गरेका छौं ।”

ठेक्का लागि यी सडकहरुमा काम शुरु भइसकेपनि ठेकेदारले राम्रोसित काम नगर्दा सडक जीर्ण भएको र अलिकति पनि पानी परेपछि बसहरु गुड्न नसक्ने गरेको बताउँदै अध्यक्ष चौधरीले तत्कालै यी सडकहरु सञ्चालनमा ल्याउन माग गरे ।

उनले तेल ढुवानीको मुख्य मार्ग, जानकी मन्दिर, जलेश्वरनाथसहित विभिन्न मन्दिरहरुमा पुजापाठका लागि भित्रिने पर्यटकीय मार्ग नै पानीले गर्दा बन्द हुनुपरे पनि सम्बन्धित निकायले यसमा चासो नदिनु दुःखद रहेको बताउँदै प्रशासनले समयमै तदारुकता देखाई सार्वजनिक सवारी साधान बन्द नहुने गरी सडक मर्मत गराईदिनुपर्ने माग गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com