“मधेशका लागि शान्ति र समृद्धि“ मूल नाराका साथ एन्टाको सम्मेलन हुँदै

अमेरिका (न्यूयोर्क) । ‘मधेशका लागि शान्ति र समृद्धि’ मूल नाराका साथ अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को सम्मेलन हुन लागेको छ । आगामी मई, २६,२७ र २८ मा अमेरिकाको न्यूजर्सीमा हुने भएको छ ।

एन्टा अन्तरिम बोर्डका सचिव अरविन्द सिंहका अनुसार सम्मेलन आयोजक कमिटी बनाई सबैलाई जिम्मेवारी बाँडफाँड गरिएको छ । सो सम्मेलनको तयारी तीव्ररुपमा भइरहेको जानकारी समेत उनले दिए ।

अमेरिकाको करिब हरेक राज्यमा बसोबास गर्ने मधेशी समुदायको प्रतिनिधिमूलक सहभागिता हुने सो सम्मेलनमा अमेरिकामा रहेका मधेशीहरुका बीच एक आपसमा के–कस्ता सहयोगात्मक कार्य गर्नुको साथै आफ्नो भाषा, संस्कृति, रितीरिवाजको समिक्षण र समवद्र्धन गर्नका लागि के–कस्ता सहयोग गर्न सक्नुका साथै आफ्नो मातृभूमि नेपालमा विगत भान्दा पनि अझ प्रभावकारी र विकासमूलक कस्ता कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विद्वानहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुका साथै आफ्नो मनत्वय व्यक्त गर्नेछन् ।

साथै सो सम्मेलनमा विभिन्न क्षेत्रमा ख्याति प्राप्त एवम् आफ्नो समुदायका हरेक किसिमका विकासका लागि सहयोग पुर्याएका व्यक्तिहरुलाई पुरस्कृत गर्नुका साथै आउँदो दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने पनि कार्यक्रम छ ।

उनका अनुसार, सम्मेलनमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्नुका साथै मधेशी समुदायको रहनसहन र भेषभूषा झल्किने झाँकीहरुको समेत प्रदर्शन गरिने छ ।

त्रिदिवसीय सो सम्मलेनमा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत, राजदूताबासका उच्च पदस्थ अधिकारीहरु, अमेरिकास्थित नेपाली समुदायद्वारा गठित विभिन्न संघसङ्गठनका पदाधिकारीहरु, समाजसेवीहरुका साथै नेपालबाट समेत केही व्यक्तिहरुको सहभागिता रहने जानकारी उनले दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com