कपिलवस्तुमा २५६१औ बुद्ध जयन्ती मनाइयो

मो. इमरान खान, कपिलवस्तु, २७ बैशाख । बुद्ध जयन्ती, प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

इसापूर्व ५६३ अर्थात आजभन्दा २५६१ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान गौतम बुद्धको जन्म भएको थियो । कपिलवस्तुका राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ ।

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुटकारा दिने उद्देश्यले २९ वर्षको उमेरमा तिलौराकोट दरबारको सुख छोडी तपस्या गर्न निस्केका थिए ।

ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उहाले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो ।

चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ । बुद्धजयन्तीको दिन सरकारले सार्वजनिक विदा समेत दिने गर्दछ । गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका छन् जुन आधुनिक समाजमा अझ सान्दर्भिक बन्दै गएको छ । तर जनमेको ठाउँ लुम्बिनी लाई खासगरी हेर्ने गर्दछन् ।

गौतम बुद्धको जन्म लुम्बिनीमा भएको हो तर उनको राजधानी भनेको कपिलवस्तु हो । भगवान गौतम बुद्धले २९ बर्ष यस कपिलवस्तुको तिलौराकोटमा बिताएका र यस कपिलवस्तु जिल्ला राजा शुद्धोधन र रानी मायादेवीको राजधानी भएको र महत्वपूर्ण ७ पुरातात्विक स्थलहरु यस जिल्लामा रहेकाले यसमा सरकार र सम्बन्धित निकायको कुनै पनि चासो नभएको स्थानीयहरु गुनासो रहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com