महोत्तरी : राजपाद्वारा विरोध प्रदर्शन, संशोधन नभए निर्वाचनमा भाग नलिने

जलेश्वर, २९ बैशाख । संविधान संशोधन गरी मधेशको माग पुरा गर्ने सहमति विपरीत अहिलेसम्म संविधान संशोधन नभएको विरोधमा महोत्तरीमा एकीकरणपश्चात पहिलोचोटी राष्ट्रिय जनता पार्टी नेपालले सदरमुकाम जलेश्वरमा प्रदर्शन गरेको छ ।

मधेशको माग संविधान संशोधन गरी गर्ने सहमति गरेका सरकारले पटक–पटक आफूहरुको माग सम्बोधन नगरेको विरोधमा राजपाका नेता तथा कार्यकर्ताहरुले सदरमुकाम जलेश्वरमा प्रदर्शन गरेको हो ।

एकीकरणपश्चात पहिलोचोटी प्रदर्शन गरिएको कारणले मोर्चाका कार्यकर्ताहरुमा उत्साह थियो भने सहभागिता पनि अन्य आन्दोलनको तुलनामा बढी नै रहेको जिल्ला नेता गजेन्द्र गुप्ताले जानकारी दिए ।

शुक्रबार नै जिल्ला सदरकमुकाम जलेश्वर स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा राजपाले पार्टी एकिकरणगरी विरोध प्रर्दशन गरेका कारणले पनि सहभागिता अन्यदिनको तुलनामा बढी देखिएको नेता गुप्ताले दावी गरे ।

विरोध प्रर्दशनपश्चात आयोजित विरोधसभामा बोल्नुहुदै अधिकाँश नेताहरुले एकीकरणले कार्यकर्ताहरुमा उत्साह थपिएको र आफूहरुको माग अब पुरा हुनेमा विश्वास गर्न सकिने भनाई राखेका थिए ।

सशसोधन विनाको चुनावमा कुनै हालतमा पनि भाग नलिने भन्दै नेताहरुले जेठ ४ गते बस्ने संसदको बैठकबाट पनि माँग पुरा नगरिए आफूहरुको लडाई आर र पारको हुने समेत दावी गरेका थिए ।

राजपाका कार्यक्रमलाई ध्यानमा राखी ठूलो संख्यामा प्रहरी र म्यादी प्रहरी समेत परिचालन गरिएको थियो । कार्यक्रमलाई अझ सशक्त बनाउनका लागि राजपाले जेठ १ गतेसम्म आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । कार्यक्रम अन्तर्गत जेठ १ गते मोटरसाईकल जुलुस प्रर्दशन गरिने जनाइएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टीले एकिकरण गरी राष्ट्रिय जनता पार्टी नामाकरण गरी एकिकरण गरेका हुन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com