मधेश आन्दोलनका शहीद परिवारलाई युरोपबाट आर्थिक सहयोग

दिनेश हरिजन, युरोप । गैरआवासीय नेपाली समाज साईप्रस युरोपले मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

युरोपको साईप्रसमा रहेका तराई तथा पहाडका प्रतिनिधिहरुले सप्तरी जिल्लाका शहीद परिवारको अबस्था अत्यन्तै नाजुक रहेको भन्दै कोसिस फाउण्डेशन मार्फत एन.आर.एन. आई.सि.सि.का सदस्य रन्जित महतोले ५४ हजार ५०० नेपाली रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

सप्तरीमा गत बर्ष सुरक्षाकर्मीद्वारा गोली प्रहारबाट हत्या गरिएका परिवारहरुलाई साईप्रस देशको कन्सुलेट डा. राजजिवन पन्जियारले ११,०००, रन्जित महतो २०,०००, सी.के. साह १६००, सुरेश कुमार साह ५५००, ओम कुमार सुरी ५५००, अन्तेश राउत २७००, एन.आर.एन. साईप्रसका कोषाध्यक्ष रामजेन साह ५५०० र एन.आर.एन साईप्रसका अध्यक्ष सुबास मल्लले २७०० नेपाली रुपैयाँ सहयोग गरेका हुन् ।

महतोले कोसिश फाउण्डेशनका प्रतिनिधि डा. राम ज्ञान यादवलाई नेपाल गएर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com