सम्पूर्ण अरोपहरु झुठा र अर्थहीन भएको सांसद शाहको भनाई

मो. इमरान खान, कपिलवस्तु, ३ जेष्ठ । कपिलवस्तुको क्षेत्र नं. ५ का सांसद अभिषेक प्रताप शाहले सांसद नरसिंह चौधरीले आफू माथि लगाएका सम्पूर्ण अरोपहरु झुठा र अर्थहीन भएको बताए । उनले एक प्रेस विज्ञप्ति निकाल्दै सांसद चौधरीले आफूमाथि लगाएको सम्पूर्ण अरोप गलत भएको बताए ।

सांसद चौधरीले अधुरो, अपुरो योजनाको अनुगमन गरी गलत अफवाह फैलाएको सांसद शाहले बताएका छन् । सांसद शाहले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘जि. वि. स. कपिलवस्तुबाट खटेका समानुपातिक सांसद तथा अनुगमन समिति संयोजकमा. नरसिंह चौधरीले मेरो संसदीय क्षेत्र कपिलवस्तु क्षेत्र नं. ५ को निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमअन्तर्गतका योजना अनुगमन गर्दा अधुरो र प्रारम्भिक अवस्थामै रहेका योजनाहरु परेका छन् ।’

‘चौधरीले जातीय पूर्वाग्रही रुपमा अनुगमन गरी शुरुआत अवस्थामा रहेका योजनाहरुलाई आधार बनाई म माथि लगाएका आरोपहरु निराधार र अर्थहीन छन्’, भनेर विज्ञप्तिमा उल्लेख छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com