डा. बाबुराम भट्टराई कपिलवस्तु आउँदै

मो इमरान खान, कपिलवस्तु, ३ जेष्ठ । बैशाख ३१ मा भएको पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम बुझ्न मुख्य दलहरु ब्यस्त बनिरहेका बेला नयाँ शक्ति पार्टी नेपालले भने दोस्रो चरणको निर्वाचनका लागी देशभर विशेष गरी तराईमा चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ ।

पहिलो चरण निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार अपेक्षित जितको संकेत नपाएको नयाँ शक्तिले चुनावका कारण संगठन विस्तारमा सहयोग पुगेकोमा कार्यकर्ता उत्साहित भएको जनाएको छ ।

कपिलवस्तुको गोरुसिंगेस्थित पौवा होटेलमा यही जेष्ठ ६ गते हुने नयाँ शक्ति कपिलवस्तुको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई कपिलवस्तु आउने भएका छन् ।

कपिलवस्तुमा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा हुने भएपछि चुनावी रणनीति र कार्यकर्तालाई उत्साहित बनाउन भन्दै डा. भट्टराई कपिलवस्तु आउने भएका हुन ।

नयाँ शक्ति स्थापनाकालदेखि नै जिल्लामा प्रभाव अरुको तुलनामा बढी भएको पार्टीका संघीय परिषद सदस्य तथा कपिलवस्तु संयोजक नारायण खनालले बताए । दोस्रो चरणको चुनावमा नयाँशक्तिले तराईबाट सोचेभन्दा राम्रो नतिजा पाउने उनले दाबी समेत गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com