कांग्रेस सिनपा १२ द्धारा घरदैलो अभियान

भैरहवा, ३ जेष्ठ । नेपाली कांग्रेस सिद्धार्थनगर नगर बडा नम्वर १२ ले घरदैलो अभियान सुरु गरेको छ । आगामी जेष्ठ ३१ गते हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई बिजयी बनाउन अभियान सुरु गरिएको हो । पार्टीले सबै तहका उम्मेदवारहरुको टुङ्गो नलगाउँदै कांग्रेस सिनपा १२ ले घरदैलो अभीयान सुरु गरेको हो ।

निर्विरोध बाहेक नेपाली कांग्रेस सिद्धार्थनगरमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लागेको छैन । पार्टीले उम्मेदवारको टुङ्गो नलगाए पनि चुनाव चिन्ह लिएर उम्मेदवारका आकाक्षींहरुले सयुक्त रुपमा प्रचार तथा घरदैलो सुरु गरिएको नेपाली कांग्रेस सिद्धार्थनगर १२ का बुथ सभापति एवं उक्त बडा बाट बडा अध्यक्षका आकांक्षी गोविन्द प्रसाद बस्यालले जानकारी दिए ।

उनका अनुसार बडा नम्वर १२ ले बुधबारदेखि आफ्नो बडामा घरदैलो सुरु गरेको हो । कांग्रेस सिद्धार्थनगर बुथ समितिहरुले उम्मेदवारका आकांक्षीहरुको नाम नगरमा पठाईसकेका छन् । उक्त नामावली नगरले क्षेत्रीय समितिमा पठाएको छ भने क्षेत्रीय समितिले लामो समयसम्म पनि उम्मेदवारको टुङ्गो लगाएको छैन ।

उम्मेदवारहरुको टुङ्गो नलाग्दा आकांक्षी बिच अन्यौलता भइरहेका बेला बडा नं. १२ ले उम्मेदवारका सबै आकांक्षीहरु एक साथ भएर घरदैलो अभियान सुरु गरेका हुन् । अभियानमा मेयरका आकांक्षी दिपक क्षेत्री न्यौपाने, बडा अध्यक्षका आकांक्षी गोविन्द प्रसाद बस्याल, करुणजगं श्रेष्ठ, सदस्यहरु टीका कुमारी आचार्य, हरीराज बिष्ट, बृजेस कुमार कानु बनीया, बिष्णु बिक, तरुणदल रुपन्देहीका अध्यक्ष एवं सिनपा १३ का बडा अध्यक्षका आकाक्षीं सोम बहादुर गुरुङ्ग (सेते), नगरसचिव सन्जीव सर्मा रेग्मी लगायतको सहभागिता रहेको थियो ।
नयाँ सडक स्थित बडाको प्रचार प्रसार कार्यालयबाट सुरु भएको घरदैलो अभीयान शान्ति नगर, जनकपथ लगायतका क्षेत्रमा गरीएको थियो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com