छाउपडी कुप्रथा हटाउने अभियान

कैलाली, ४ जेष्ठ । समाजमा छाउपडी कुप्रथा हटाउन अभियानमा धामीझाँक्री र पण्डित पुरोहितलाई सहभागी गराउनुपर्नेमा कैलालीका सरोकारवालाले जोड दिएका छन् ।
छाउपडी हटाउन अभियानमा सरकारी र गैरसरकारी सङ्घ संस्थाले गरिरहेको प्रयासले अपेक्षाकृत सुधार गर्न नसकेपछि धामीझाँक्री र पण्डितलाई यस अभियानमा सहभागी गराउनुपर्नेमा जोड दिइएको हो ।
यहाँको रुढीवादी समाज र परम्परा नै धामीझाँक्री र पण्डित पुरोहितलाई बढी विश्वास गर्ने रहेकाले सामाजिक कलङ्कका रुपमा रहेको छाउपडी प्रथा हटाउन धामीझाँक्रीलाई नै प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com