अवैध तरिकाले सञ्चालित औषधि पसलहरु बन्द हुँदै

धनुषा, ४ जेष्ठ । जनकपुरका औषधि पसलमा स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेको छ । मंगलबार बेलुकादेखि विभागबाट आएको सात जनाको टोलीले अनुगमन थालेको हो ।
टोलीले अनुगमन थालेपछि अवैध तरिकाले सञ्चालित औषधि पसल धमाधम बन्द गरेर पसले बेपत्ता भएका छन् ।
बिनादर्ता सञ्चालित औषधि पसल र प्रतिबन्धित औषधिका विषयमा अनुगमन गरेको टोलीका ड्रग इन्स्पेक्टर डा. चन्देश्वर यादवले जानकारी दिए ।
अधिकांश बिनादर्ता सञ्चालित पसल बन्द गरेर सञ्चालक फरार भएपछि खुलेका पसलमा अनुगमन गरेको उनले जानकारी दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com