दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीमा सरकार

काठमाडौं, ४जेष्ठ । जेष्ठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सरकारले सुरक्षा तयारीमा लागेको छ । पहिलो चरणका सुरक्षा कमजोरी सच्याउँदै अब दोस्रो चरणको सुरक्षा तयारीमा सरकार लागेको जनाइएको छ ।
पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्थापनमा सफलता पाएको निष्कर्षसहित दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीमा सरकार जुटेको छ ।
यही जेठ ३१ गते प्रदेश एक, दुई, पाँच र सातमा दोस्रो चरणको निर्वाचन हुँदैछ ।
पहिलो चरणको निर्वाचनमा कालीकोट, दोलखा, धादिङ र तनहुँमा हिंसात्मक घटनामा पाँचजनाको मृत्यु भएको थियो । केन्द्रीय तहमा सुरक्षा योजना बनाई क्षेत्रीय र जिल्ला तहमा समेत सुरक्षा योजना बनेको छ ।
पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनमा समेत सम्पूर्ण गाउँ, क्षेत्र, केन्द्रमा सुरक्षा योजना कार्यान्वयनमा लगिएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com