झापामा मधेशवादी दलसहित ३१ दल दर्ता

झापा, ४ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आन्दोलनरत् मधेशवादी दलहरुसहित ३१ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार दर्ता भएका दलहरूमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेश लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, युनाइटेड ग्रीन अर्गनाइजेसन रहेका छन् ।
यस्तै दर्ता भएका अन्य दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पिपुल्स पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी(संयुक्त), नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेलिनवादी), खम्बुवान राष्ट्रिय मोर्चा नेपाल र विवेकशील नेपाल दल छन् । यसैगरी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माले–जनसमाजवादी), नेपाल सद्भावना पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनजागरण पार्टी नेपाल, राष्ट्रवादी पार्टी नेपाल, कम्युनिष्ट पार्टी(एकीकृत माक्सवादी लेलिनवादी), राष्ट्रिय मधेस समाजवादी पार्टी र शान्ति पार्टी नेपालसमेत दर्ता भएका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com