बलेरो दुर्घटनामा एकको मृत्यु, १० घाइते

राकेश यादव, रौतहट, ४ जेष्ठ । रौतहट जिल्लाको गाउँ विकास समिति सरमूजवा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित १० जना घाइते भएका छन् ।
स्थानीय गाउँ विकास समिति पथरा बुधराम वार्ड नम्बर ९ सगैया पिपरिया टोलबाट बंकुलतर्फ आउँदै गरेको बोलेरो भकुवा खोलामा दुर्घटना हुँदा भारत बिहार राज्यको सुप्पी प्रखंडको हरपुर कला वार्ड नम्बर ५ निवासी ३५ वर्षीय ललन साहको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा सोही ठाउँ निवासी मुकेश साह, विकास सिंह, खड़क साह, विकास साह, ६० वर्षीय भैरव महतो, विन्देश्वर साह, अमन कुमार सिंह, राजीव कुमार, चालक सुप्पी निवसी हरीन्द्र भगत घाइते भएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com