टिपरको ठक्करबाट महिलाको मृत्यु

सिरहा, ४ जेष्ठ । टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१० स्थित लोकमार्गमा बा.४ ख ५५४२ नम्बरको टिपरले विहिबार लक्ष्मीपुरपतारी–५ बस्ने ४५ बर्षीया दर्पणदेबि सिंहलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकोले उपचारको लागि माहाबौद्ध अस्पताल जिरोमाईल हुदै थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com