ट्रक दुर्घटनामा सहचालकको मृत्यु, चालक घाइते

चन्द्रकान्त खनाल, रुपन्देही, ४ जेष्ठ । बुटबल पाल्पा सडक खन्डको शिद्धबाबामा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बिहीबार राती पौने ९ बजे सडकमै ट्रक पल्टेको र सहचालकको घटनास्थलमै मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटबलले जनाएको छ । बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु १ ख ५६४८ नम्बरको ट्रक दुर्घटनामा परेको हो । सहचालकको सनाखत हुननसकेको प्रहरीको भनाई छ । चालककलाई प्रहरीको सहयोगमा उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको छ भने ट्रक सडकमै पल्टिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com