कृषकलाई अनुदानको व्यवस्था

मोरङ, ४ जेष्ठ । सरकारले १० वर्षभित्रमा मुलुकलाई धान, चामल, तरकारी र माछामासुमा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था गरेको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत सो अनुदान रकम किसानलाई वितरण गर्न लागिएको हो । मोरङका किसानले साना सिँचाइ योजनाअन्तर्गत रु एक करोड २२ लाख, पकेट ब्लकअन्तर्गत रु एक करोड ६५ लाख र चैतेधान कार्यक्रमअन्तर्गत रु ५० लाख बराबरको अनुदानको व्यवस्था गरेको छ । चैतेधान कार्यक्रमअन्तर्गत किसानलाई रु ५० लाखभन्दा बढी रकम अनुदान दिन लागेको हो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com