वीरगन्जमा ब्रेन हैम्ब्रेजको सफल अप्रेशन

वीरगंज, ५ जेष्ठ । दुर्घटनामा परी टाउकोमा गम्भिर चोट लागि ब्रेन हैम्ब्रेज भएको अवस्थामा एक बालकको नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल वीरगंजमा सफल रूपमा अप्रेशन भएको छ ।

जुगवा ३ बाराका करिब १० वर्षिय घनश्याम चौधरीको मोटरसाइकल दुर्घटनामा परी ब्रेन हैम्ब्रेज भई वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार्थ आउदा बरिष्ठ न्युरो सर्जन डा. श्यामबाबु प्रसाद पटेलले सफल रूपमा अप्रेशन गरेका छन् ।

अप्रशेनमा डा. निरज यादव, ओटि टेक्निसियन सुरेश यादव तथा डा. पटेलको टोलीले करिब २ घण्टा लगाई सफल रूपमा अप्रेशन गरेको अस्पतालका प्रवक्ता शेराज अहमदले जानकारी दिए । दुर्घटनामा छोराको आँखा अत्याधिक मात्रामा फुलेको र टाउकोमा पनि निकै ठुलो घाउ भए पनि डा. पटेलको टोलीले सफल रूपमा अप्रेशन गरी छोराको ज्यान बँचाउनु भएकोमा धन्यवाद दिए ।

न्युरो सम्बन्धि ठुलो सानो कुनै पनि समस्या आएमा ३÷४ घण्टा भित्र विरामीलाई आफुकहाँ ल्याएमा त्यसलाई ठिक गरिदिने डा. पटेलले दाबी समेत गरे । त्यसैगरी नेशनल मेडिकल कलेजकै मेसमा कार्यरत एक कर्मचारी अस्पतालको तेस्रो तल्लाबाट अचान खस्दा टाउकोमा रगत जमेकोलाई पनि न्युरो सर्जन डा. श्यामबाबु पटेलले सफल रूपमा अप्रेशन गरेका छन् ।

वीरगंज भन्सार श्रीसिया घर भएका प्रमोद पटेल छतबाट खस्दा टाउकोमा रगत जमेको तथा सबैले बाँच्ने चान्स कम छ भनिरहदा पनि डा. पटेलको टिमले सफल रूपमा अप्रेशन गरी ज्यान बचाएकोमा बिरामी पटेलका आफन्तले डाक्टर टिमलाई धन्यबाद दिएका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com