सिरहाका दलित तथा अतिविपन्नका लागि घर निर्माण हुने

सिरहा, ५ जेष्ठ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ ।

आव २०७३÷७४ मा दलित तथा अतिविपन्न परिवारका लागि आवास भवन (पक्की घर) निर्माण गरिने भएको हो । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका प्रतिनिधिलगायतको बुधबार सदरमुकामका बसेको बैठकले जनता आवास घर निर्माण नगरपालिका र गाउँपालिका तथा घर सङ्ख्या टुङ्ग्याएको हो ।

सो बैठकले सिरहा क्षेत्र नम्बर १ अन्तर्गत लहान नगरपालिकाको वडा नम्बर ११ र १२ मा २४ वटा घर, वडा नम्बर १३ र १४ मा २५ वटा घर, वडा नम्बर १५ मा १२ वटा घर, वडा नम्बर १६ मा ११ वटा घर, वडा नम्बर १८ मा ३४ वटा घर र वडा नम्बर २० मा १७ वटा घर निर्माण गर्ने निर्णय गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com