बन्दुकको जवाफ मधेशी जनताले चुनावबाट दिन्छ : फोरम जिल्ला अध्यक्ष यादव

वीरगन्ज, ५ जेष्ठ । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बन्दुकको जवाफ अब मधेशी जनताले ब्यालेटबाट दिने बताएका छन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २५ सिर्सियामा बिहीबार फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले चुनाव पनि संघर्षको एक स्वरूप भएकाले सदियौदेखि मधेशी जनता माथि दमन गर्दै आएका कांग्रेस, एमाले र माओवादीलाई मधेशका जनताले अब चुनावमा मधेशी दललाई जिताएर सशक्त जवाफ दिने बताए ।

‘मधेश आदोलनमा निहत्था मधेशी जनता माथि काँग्रेस, एमाले र माओवादीको सरकारले गोली चलाएर नरसंहार ग¥यो’, उनले भने, ‘अब त्यसको जवाफ मधेशी जनताले चुनावबाट दिनेछन् । संविधान संशोधन नभएसम्म मधेशमा चुनाव हुन नदिने अडानमा फोरम नेपाल कायमै रहेको भन्दै फोरम नेपाल पर्साका अध्यक्ष यादवले तर पछिल्लो समयमा संशोधनका सवालमा सरकार लचिलो देखिएको बताए ।

मधेशमा स्थानीय तहको संख्या थप गर्न सरकार सकरात्मक देखिएको भन्दै उनले संविधान संशोधन गरेर मधेशमा स्थानीय तहको संख्या थप गरिए फोरम नेपाल दोश्रो चरणको चुनावमा सहभागी हुने बताए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com