आधारभुत पत्रकारिता तालिमको समापन

मो इमरान खान, कपिलवस्तु, ५ जेष्ठ । “जनचेतनाको लागि पत्रकारिता” भन्ने नाराको साथ कपिलवस्तुको तौलिहवामा गत वैशाख २९ गते देखि सुरू भएको एक हप्ते आधारभुत पत्रकारिता तालिमको समापन गरिएको छ ।

मधेश मिडिया सोसाइटी नेपाल कपिलवस्तुको आयोजना, रेडियो परिवर्तन ८९ मेगाहर्जको व्यवस्थापन तथा कपिलवस्तु नगरपालिका कार्यालयको सहयोगमा सञ्चालित तालिमको बुधबार एक कार्यक्रमका बीच समापन गरिएको हो ।

मधेश मिडिया सोसाइटी नेपाल, कपिलवस्तुका अध्यक्ष मनोज श्रीवास्तवको अध्यक्षता, कपिलवस्तु नगरपालिका कार्यालयका शाखा अधिकृत पदम श्रेष्ठको प्रमुख आतिथ्यता, मुस्लिम मिडिया सोसाइटी नेपालका अध्यक्ष इमरान खान, मधेश मानव अधिकार गृह कपिलवस्तुका राम दयाल ठाकुर, नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष बसन्त गिरी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का सदस्य किरनमान बज्राचार्य, नारायण प्रसाद पौडेल लगायतको आतिथ्यता तथा खग चापागाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा ३० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com